Logo

२०८३, श्रावण ३०गते


images
images

तनहुँमा खस्यो २० प्रतिशत मत  

तनहुँमा खस्यो २० प्रतिशत मत  

images
  • तनहुँमा खस्यो २० प्रतिशत मत  
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि मतदान जारी छ । ६९ मतदानस्थलका १५२ मतदानकेन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

    images
    images
    images

    ‘सबै ठाउँमा मतदान भइरहेको छ’, उनले भने, ‘२० प्रतिशत मत खसेको अनुमान छ ।’  विहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । तनहुँ १ मा १ लाख २३ हजार ३५० मतदाता छन् । गएको मंसिर ४ मा भन्दा १८५ मतदाताको संख्या घटेको हो ।

    images
    images
    images

    तनहुँको व्यास नगरपालिकाको ५ र ६ बाहेकका १२ वटा वडा, भानु नगरपालिका, आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकाका मतदाताले मतदानमा गरिरहेका छन् । यो क्षेत्रमा ४२ वडा पर्छ ।
    मंसिर ४ मा भएको निर्वाचनमा विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।  चुनावी मैदानमा ९ जना छन् ।

    images
    images
    images

    पृथ्वीराजमार्ग पूर्ण रुपमा बन्द छ । मतदान सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ । मतगणनास्थलमा तारजाली र सिसीक्यामेरा जडान गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तनहुँ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।