Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरामा हस्तलेखन प्रतियोगिता हुने

पोखरामा हस्तलेखन प्रतियोगिता हुने

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा हस्तलेखन प्रतियोगिता हुने
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरामा प्रथश खुल्ला गण्डकी प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०७९ हुने भएको छ ।
    “सुरु गरौं लेख्न राम्रो अक्षर बाबुनानी, सुन्दर हस्तलेखन कलाले हामीलाई बनाउँछ ज्ञानी” भन्ने नाराका साथ बुक्स बजार सप्लायर्सले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिताका संयोजक शेर बहादुर क्षेत्रीका अनुसार आगमी फागुन ५ गते र ९ गते  दुई चरणमा गरी प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएका छन् ।

    images
    images
    images


    प्रतियोगितामा प्रत्येक विद्यालयबाट कुनै पनि कक्षाका १० जना विद्यार्थीहरु सहभागिता हुन पाउने जानकारी दिंदै नेपाली र अग्रेंजी दुबै भाषामा लेखन प्रतियोगिता हुने संयोजक केसीले बताए । “विद्यार्थीहरुमा लेखन सीपको विकास र उनीहरुले पढ्दै आएको विषयमा दक्षता होस भन्ने अभिप्राय हाम्रो प्रतियोगिताको मुल उद्धेश्य हो,” उनले भने । प्रतियोगितामा प्रत्येक कक्षाबाट उत्कृष्ट १० जनालाई पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा निजि तथा सरकारी विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने उनले जानकारी दिए ।

    images
    images
    images


    गण्डकी प्रदेशमा यस्तो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको बताउँदै आर्थिक संयोजक दिपक सारु मगरले उत्कृष्टहुने विद्यार्थीहरुको स्मारिका प्रकाशन गर्ने संगै उनीहरुलाई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता गराइने बताए । उक्त प्रतियोगिताको सहयोगी संस्थाको रुपमा ओ.एल.ए, प्रगती मावि, भाष्कर मेमोरियल मावि र ग्लोबल कलेजियट मावि रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।