Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरामा गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिता हुने 

पोखरामा गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिता हुने 

images
  • पोखरामा गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिता हुने 
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा रगंशालाको आर्चरी खेल मैदानमा गण्डकी प्रदेश स्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता हुने भएको छ ।

    images
    images
    images

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना,गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी सघको समन्वयमा र अन्नपुर्ण आर्चरी क्लबको व्यवस्थापनमा यही फागुन ५-६ गते उक्त प्रतियोगिता हुने भएको सह आयोजक कास्की जिल्ला आर्चरी सघले जनाएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, मनाड, म्याग्दी, पर्बत, बागलुड, र कास्की बाट करिब ९५ जना खेलाडीहरुको सहभागिता हुने अपेक्षा गरिएको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए ।

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत रिकर्भ ओपन पुरुष र महिला र स्टाण्डर्ट पुरुषतर्फको ब्यक्तिगत खुल्ला प्रतिस्पर्धा हुने भएको अध्यक्ष शेरचनले जनाए । रिकर्भ ओपन ७० मी र स्टाण्डर्ट ३० मी को दुरीमा खेलाइने तयारी गरिएको छ । प्रतियोगितामा रिकर्भ ओपन पुरुषतर्फ विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुनेलाई १५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्रको व्यबस्था गरिएको छ ।

    images
    images
    images

    रिकर्भ ओपन महिलातर्फ विजेतालाई भने १५ हजार, उपविजेतालाई १० हजार र तेश्रो हुनेलाई ५ हजार प्रदा गरिने भएको छ । स्टाण्डर्ट पुरुषतर्फ विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई १० हजार प्रदान गरिने भएको छ । उक्त अवसरमा ६० बर्ष भन्दा उमेर समुहका खेलाडीहरु (भेट्रान्स) को प्रतिस्पर्धा हुने भएको छ । भेट्रान्स पुरुष तर्फ प्रथम हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने संघले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।