Logo

२०८३, श्रावण ३०गते


images
images

प्रचण्डलाई भेटेर माधव नेपालले भने– राष्ट्रिय सहमतिकाे राष्ट्रपति मलाई बनाउनुस्

प्रचण्डलाई भेटेर माधव नेपालले भने– राष्ट्रिय सहमतिकाे राष्ट्रपति मलाई बनाउनुस्

images
  • प्रचण्डलाई भेटेर माधव नेपालले भने– राष्ट्रिय सहमतिकाे राष्ट्रपति मलाई बनाउनुस्
    images
    images

    अहिले राजनीतिक दलहरूले राष्ट्रपतिमा आ–आफ्नो दलको दाबी गरिरहेका छन् । सत्ता गठबन्धनको प्रमुख घटक एमालेले १० पुसमा भएको सहमतिअनुसार आफूले राष्ट्रपति पाउनेमा ढुक्क भएको बताउँदै आएको छ । आइतबार विराटनगर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेको हुने र यसमा माओवादीले सहयोग गर्दैन भन्ने प्रश्न नै नउठ्ने दाबी गरे । 

    images
    images
    images

    एमालेका हरेक नेताहरू प्रधानमन्त्री प्रचण्डलाई १० पुस सम्झाइरहेका छन् । १० पुसमा एमाले लगायतका अन्य दलको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका थिए । एमालेको दाबी मान्ने हो भने त्यही दिन माओवादी र एमालेबीच प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिमा सहमति भएको थियो । जसअनुसार प्रधानमन्त्री माओवादी, सभामुख र राष्ट्रपति एमालेले पाउने भनिएकाे थियाे । सभामुख पाइसकेको एमाले राष्ट्रपति पनि पाउनुपर्ने दाबी गर्दै आएको छ ।

    images
    images
    images

    तर, प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रिय सहमति गरेर नै राष्ट्रपति चयन गर्नुपर्ने अडानमा छन् । अहिले हरेक दिन बालुवाटारमा नेताहरूबीच भेटवार्ता चलिरहेको छ । भेटवार्ता पनि राष्ट्रपतिका बारेमा हुने गरेका बालुवाटार स्रोत बताउँछ । स्रोतले भन्याे, ‘अहिले सबै राजनीतिक दलहरूको ध्यान राष्ट्रपतिमा छ । त्यही भएर शीर्ष नेताहरू आ–आफ्नो दलको दाबीसहित छलफल गर्न आउनुहुन्छ । तर, कसले पाउने भन्ने केही टुङ्गो लागेको छैन ।’

    पछिल्लो समय गठबन्धन धरापमा परिसकेकाे गठबन्धन बाहिरका नेताहरूकाे दाबी छ । आइतबार मात्र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि यो सत्ता गठबन्धन १३ गतेपछि नटिक्ने बताएका थिए । 

    यसैबीच राष्ट्रपतिका बारेमा राजनीति वृतमा अनेक चर्चा भइरहेका बेला नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन आग्रह गरेको बालुवाटार स्रोतले बताएकाे छ । ‘प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका नेपालले तपाईंले राष्ट्रिय सहमति भनिराख्नुभएको छ । एमालेलाई कांग्रेसले नमान्ने कांग्रेसलाई एमालेले नमान्ने अवस्था छ । त्यही भएर नेकपा एसमा राष्ट्रिय सहमति बनाऊँ । म राष्ट्रपति हुन्छु’, माधव नेपालले प्रधानमन्त्रीलाई भनेकाे स्राेतले बतायाे । 

    पुरानो गठबन्धन हुँदा पनि माओवादी कांग्रेसबीच कुरा नमिल्दा नेपालले आफू प्रधानमन्त्री हुने प्रस्ताव गरेका थिए । जसका कारण प्रचण्ड झस्केका थिए । आफूलाई नै प्रधानमन्त्री बनाउन देउवासँग लबिङ गर्ने आस राखेका प्रचण्डले नेपाल आफू नै प्रधानमन्त्री हुने दौडमा पाएपछि गठबन्धन नै छोडेर एमालेसँग मिल्न पुगेका थिए । तर, यो प्रस्ताव प्रचण्डका लागि पनि मध्यमार्गी बाटो हुने बताइन्छ ।  

    अहिले पनि कांग्रेस र एमालेले राष्ट्रपतिमा दाबी गरिरहेका छन् । तर, प्रमुख घटक माओवादीले मुख खोलेको छैन । राष्ट्रपति चुनावमा माओवादीले जसलाई समर्थन गर्‍याे, त्यही राष्ट्रपति हुने लगभग पक्का छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।