Logo

२०८३, श्रावण ३०गते


images
images

सन्दर्भ: २६औं स्वास्थ्य सेवा दिवस

स्वास्थ्यकर्मीद्वारा देवदह नगर अस्पताल सरसफाईसंगै दीप प्रज्ज्वलन

स्वास्थ्यकर्मीद्वारा देवदह नगर अस्पताल सरसफाईसंगै दीप प्रज्ज्वलन

images
  • स्वास्थ्यकर्मीद्वारा देवदह नगर अस्पताल सरसफाईसंगै दीप प्रज्ज्वलन
    देवदह नगर अस्पतालमा सरसफाईपछि दीप प्रज्वलन गर्दै जनस्वास्थ्यकर्मी
    images
    images

    देवदह । देवदह नगर अस्पतालमा 'स्वास्थ्य सेवा दिवस' विशेष कार्यक्रम गरिएको छ। २६औं स्वास्थ्य सेवा दिवसको अवसरमा नगर अस्पताल परिसरमा सरसफाई र दीप प्रज्ज्वलनसहित शुभकामना आदान-प्रदान गरि दिवस मनाईएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। 

    images
    images
    images

    देवदह नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार दिउँसो ४ बजेदेखि ६ बजेसम्म अस्पतालमा सरसफाई पश्चात दीप प्रज्ज्वलन गरि स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिवस मनाएका थिए । 

    images
    images
    images
    स्वास्थ्य सेवा दिवस-min.png

    कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. संज्ञा सेन,  डा. विमाञ्चल अधिकारी, नागरिक आरोग्य सेवा केन्द्र भलुही प्रमुख डा. कृष्णा चापागाँई, देवदह अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम फोकल पर्सन जनस्वास्थ्य निरीक्षक राम प्रसाद पन्थी, केरवानी स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक काशीराम रेग्मी, शहरी स्वास्थ्य सेवा केन्द्र, भवानीपुर प्रमुख मेघनाथ न्यौपाने, आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख जनस्वास्थ्य निरीक्षक युवराज दिशा मगर, देवदह नगर अस्पताल नर्सिङ्ग मिनु पुन तथा देवदह नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक गिरी त्रामु, पुर्व स्वास्थ्यकर्मी जयकिसन अधिकारी लगायतको  उपस्थिति रहेको थियो। 

    images
    images
    images

    २०५३ फाल्गुन १५ गते स्वस्थ्य सेवा ऐन पारित भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फाल्गुन १५ गते स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सेवा दिवस मनाउने गर्दछन। 

    यो वर्ष  “दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा, निरोगी नेपाल निर्माणमा हाम्रो टेवा” भन्ने मुल नाराका साथ स्वास्थ्य सेवा दिवस मनाईएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।