देवदह । देवदह सव डिभिजन वन कार्यालय शितलनगरले अबैध रुपमा काटेको काठ बरामद गरेको छ । देवदह माध्यमिक विद्यालयको क्षेत्र भित्र रहेको काठ अवैध रुपमा काटेको भन्दै सव डिभिजन वन कार्यालयले आफनो कव्जामा लिएको जनाएको हो । देवदह सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रबहादुर रानाभाटले सिसौ, कर्मा र बकाइनो लगायतका रुख काटेर विद्यालय क्षेत्रमा राखेको थाहा पाएपछि आफुहरुले कव्जामा लिएको जनाएका छन्।
सहायक वन अधिकृत भाटका अनुसार कर्मा २२५ क्यूफिट, सिसौ ५३ क्यूफिट र बकाईनो २४ क्यूफिट काठ बरामद गरिएको जानकारी दिए। विद्यालयले वन कार्यालयसंग स्वीकृत नलिई रुख काटेकोले आफुहरुले कव्जामा लिएको भाटले बताए। । भाटका अनुसार विद्यालयले कर्मा एउटा रुख, सिसौ १२ वटा रुख र बकाईनो १ वटा रुख काटिएको अवस्थामा फेला परेको हो ।
विद्यालयले वन कार्यालय संग रुख काट्ने स्वीकृत नलिई मनपरी ढंगले रुपमा काटेर गलत गरेको हुदा आफुहरुले कानुनी अनुसार कारबाही गर्ने वन अधिकृत भाटले बताए। रुख काट्नको लागि विद्यालयले कुनै प्रक्रिया अगाडि नबढाएको हुदा विद्यालयलाई पत्रचार गरी जानकारी लिने र सोही अनुसार कार्वाहीको प्रक्रिया अगाडि बढाउने अधिकृत भाटको भनाई थियो ।
डिभिजन बन कार्यालय रुपन्देहीका अधिकृत प्रभात सापकोटाका अनुसार विद्यालय क्षेत्रमा बन कार्यालयको अनुमति बिना काठ काटिएको सूचना प्राप्त भएको र सब डिभिजन कार्यालयलाई अबैध ढंगले काटिएको काठ बरामद गर्न निर्देशन दिएको बताए। के प्रयोजनका लागि काठ काटिएको र अनुमति किन लिइएन भन्ने बिषयमा विद्यालय संग लिखित जवाफ मागिएको र तट पश्चात आवश्यक कारबाही अगाडी बढाइने अधिकृत सापकोटाले बताए।
यता देवदह माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवप्रसाद घिमिरेले विद्यालय क्षेत्रभित्र रहेको रुख काट्नको लागि विद्यालयले वन कार्यालयसंग कुनै। स्वीकृत नलिएको स्वीकार गरे । मजदुर लगाएर रुख काटिएको स्वीकार गर्दै विकास निर्माणको जिम्मेवारी विद्यालय व्यवस्थापन समितिको रहेको समेत बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology