Logo

२०८३, श्रावण ३०गते


images
images

सरकार सञ्चालनका लागि नयाँ गठबन्धन बन्न सक्छ: मुख्यमन्त्री अधिकारी      

सरकार सञ्चालनका लागि नयाँ गठबन्धन बन्न सक्छ: मुख्यमन्त्री अधिकारी      

images
  • सरकार सञ्चालनका लागि नयाँ गठबन्धन बन्न सक्छ: मुख्यमन्त्री अधिकारी      
    images
    images

    राजेश  पराजुली, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकार सञ्चालनका लागि नयाँ गठबन्धन बन्न सक्ने दावी गरेका छन् । केन्द्रको सत्ता समीकरणमा आएको बदलाबसँगै प्रदेश सरकारहरु संकटमा परेको अवस्थामा गण्डकीका मुख्यमन्त्री अधिकारीले यस्तो दावी गरेका हुन् । 

    images
    images
    images

    मुख्यमन्त्री अधिकारीले काम गर्न शुरु गर्दा नगर्दै छाड्नुपर्ने परिस्थिति बनेको बहस भइरहँदा उनले भने फेरि एमालेकै नेतृत्वमा सरकार बन्ने सम्भावना रहने बताए । 

    images
    images
    images

    एक कुराकानीमा उनले हिजोका दिन पनि धेरैले कल्पना नगरेको अवस्थामा आफू मुख्यमन्त्री बनेको बताए । उनले भने, ‘उहाँहरु मिल्नुहोला, सरकार पनि बन्ला । तर त्यसको भोलिपल्टबाट नमिल्ने कुरा शुरु भयो भने फेरि के गर्ने त ? फेरि नयाँ गठबन्धन बन्छ ।’

    images
    images
    images

    ‘देशको राजनीति यसरी बदलिएको छ, म मुख्यमन्त्रीमा नरहन पनि सक्छु भन्ने आशयले बोलेको हुँ । यदि अहिले हट्नु परेपनि अर्को राजनीतिक समीकरण फेरि बन्न सक्छ । मसँग प्रशस्त समय छ’, उनले भने । 

    अस्थिरतावादीसँग भन्दा स्थिरता चाहानेहरुसँग एउटा मान्यताका साथ अगाडि बढ्न सकिने भन्दै उनले लोकतान्त्रिक पद्धति, संसदीय प्रणाली, संविधानवाद मान्ने र स्थिरता चाहाने दलहरुसँग सहकार्य हुने स्पष्ट पारे । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग १० दल भएपनि एमालेलाई केही फरक नपर्ने जिकिर गर्दै मुख्यमन्त्री अधिकारीले भने, ‘प्रचण्ड नेतृत्वको गठबन्धन टुटेर कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई एमालेले समर्थन गर्ने चर्चाहरु पनि बाहिर सुनिएका छन्, तर अहिले नै पक्का भइनसकेको विषयमा बोल्न पनि हतार होला ।’

    एमाले बलियो पार्टी भएकाले सधैं सम्भावना रहने उल्लेख गर्दैै मुख्यमन्त्री अधिकारीले देश स्थिरतातिर जाओस् भन्ने एमालेको मुख्य मान्यता रहेको बताए । 

    राजनीतिक इमान्दारिता नभएका कारणले पुस १० गते बनेको गठवन्धन टिक्न नसकेको उनले स्पष्ट पारे । ‘त्यत्रो ठक्कर खाँदा पनि त फेरि प्रचण्डलाई नै साथ दिएकै त हो । त्यसैले राजनीतिमा इमान्दारिता नहुँदा जे पनि हुन सक्छ’, उनले भने । 

    प्रधानमन्त्री प्रचण्डले आफ्नो अस्थिर चरित्र ढाकछोप गर्न एमाले र पार्टी अध्यक्ष केपी ओलीलाई अनेक किसिमका आरोप लगाउने गरेको उनले बताए । 

    उनले भने, ‘संसदीय निर्वाचन गराउनु अपराध हो भने त्यो त पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नै गर्नुभयो नि भनेर ओलीले दिएको जवाफ त दुनियाँले बुझेकै छ । अनि यो कुरालाई शंका लाग्यो भनेर हुन्छ र ?’

    बाध्यकारी अवस्थामा बाहेक आफू संसद विघटनको पक्षमा नभएको मुख्यमन्त्री अधिकारीले स्पष्ट पारे । उनले भने ‘नयाँ संविधानले दिएको अधिकारलाई प्रयोग गर्दा अदालतले लगाम लगायो । अदालत राजनीतिक आग्रहले चल्छ भन्ने एमालेको मान्यता त होइन । तर अदालत अहिलेसम्म आग्रहभन्दा माथि देखिएन ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।