Logo

२०८३, श्रावण ३०गते


images
images

ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि सवस्टेशन निर्माण

ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि सवस्टेशन निर्माण

images
  • ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि सवस्टेशन निर्माण
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश,तनहुँ । तनहुँका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा सवस्टेशन निर्माण अघि बढाइएको छ । विद्युत् सेवा नपुगेका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि आयोजनामार्फत काम अगाडि बढाइएको हो । 

    images
    images
    images

    विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन इष्ट इन्डिया उद्योग÷वाइबा इन्फ्राटेक जेभीसँग सम्झौता भएको थियो । 

    images
    images
    images

    तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठका अनुसार २०७५ साल मङ्सिर १३ मा कम्पनीसँग अमेरिकी डलर ६१ लाख ५३ हजार दुई सय सात रू १४ करोड ८८ लाख ३१ हजार नौ सय ६७ मा खरिद सम्झौता भएको थियो । 

    images
    images
    images

    निर्माण व्यवसायीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरी ३३/११ केभी तथा एलटी लाइन निर्माण गरिरहेको छ । घिरिङ गाउँपालिका-४ र बन्दीपुर गाउँपालिका-६ मा सवस्टेशन निर्माण सम्पन्न भएको श्रेष्ठले बताए । 

    घिरिङ सवस्टेशनमा छ/आठ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय तहमा विद्युत् आपूर्तिका लागि सवस्टेशनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ । कुल ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ । 

    सवस्टेशनमार्फत तनहुँको भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को केही भागमा विद्युत् आपूर्ति गरिएको छ । 

    बन्दीपुर गाउँपालिका–६ साराङघाटमा निर्माण गरिएको सवस्टेशनबाट आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति गरिएको छ । 

    यसबाट त्यस क्षेत्रका उपभोक्ताले  भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका छन् । आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक सवस्टेशनदेखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । 

    प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका-५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सवस्टेशनसम्म पुर्‍याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको बताइएको छ ।

    आयोजनाअन्तर्गत तनहुँको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ । 

    ग्रामीण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको श्रेष्ठले जानकारी दिए । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।