Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रिय क्रिकेट टिमको जर्सि डिजाइन प्रतिस्पर्धामा भाग लिदै गुल्मेली पराजुली

राष्ट्रिय क्रिकेट टिमको जर्सि डिजाइन प्रतिस्पर्धामा भाग लिदै गुल्मेली पराजुली

images
  • राष्ट्रिय क्रिकेट टिमको जर्सि डिजाइन प्रतिस्पर्धामा भाग लिदै गुल्मेली पराजुली
    images
    images

    गुल्मी । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमले प्रयोग गर्ने जर्सिको नयाँ डिजाइन खुल्ला प्रतिस्पर्धा मार्फत छनोट गर्ने भनी निर्णय भए बमोजिम गुल्मेली डिजाइनर घनश्याम पराजुलीले राष्ट्रिय क्रिकेट टिमको पुरूष तर्फको जर्सि डिजाइन गर्दै उक्त प्रतिस्पर्धामा भाग लिने भएका छन् ।

    images
    images
    images

    पछिल्लो समय राष्ट्रिय क्रिकेट टिमले क्रिकेट क्षेत्रमा गरेको उत्साहजनक प्रगतिले आफू उत्साहित भएको र क्रिकेट क्षेत्र प्रति आफ्नो लगाव रहेकोले राष्ट्रिय क्रिकेट टिमको जर्सि डिजाइन गर्न आफुलाई हौसला मिलेको पराजुली बताउछन् ।

    images
    images
    images

    नेपाल क्रिकेट संघले जर्सि डिजाइनको मापदण्ड तोके बमोजिम नै आफुले जर्सि डिजाइन गरि आफुले तयार गरेको डिजाइन नेपाल क्रिकेट संघको इमेलमा पठाइसकेको उनले जानकारी दिए ।

    images
    images
    images

    भारतीय सेनाबाट अवकाश प्राप्त पराजुली हाल रेसुङ्गा नगरपालिका तम्घासमा बस्दै आइरहेका छन् । उनले पछिल्लो समय सरकारी तथा गैरसरकारी निकाय, स्थानीय सरकार, क्लब संघ संस्था आदिको नक्सा, साइन बोर्ड, लोगो, क्यालेन्डर, प्रचापम्प्लेट आदिको डिजाइन गर्दै आइरहेका छन् । उनले डिजाइन संगै लेख,रचना,साहित्यमा समेत कलम चलाउदै आइरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।