Logo

२०८३, श्रावण ३०गते


images
images

कुन-कुन दलले दिँदैछन् प्रधानमन्त्रीलाई विश्वासको मत?

कुन-कुन दलले दिँदैछन् प्रधानमन्त्रीलाई विश्वासको मत?

images
  • कुन-कुन दलले दिँदैछन् प्रधानमन्त्रीलाई विश्वासको मत?
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन्। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले तीन महिना नपुग्दै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

    images
    images
    images

    यसअघि पुस २६ गते २६८ जना सांसदको मत पाएका दाहालले फागुन १३ गते राप्रपा र १५ गते एमालेले समर्थन फिर्ता लिएपछि संविधानको धारा १०० (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।

    images
    images
    images


    पुसमा २६८ सांसदको मत पाएका दाहालले सोमबार त्योभन्दा १०० मत कम पाउने राजनीतिक परिस्थिति देखिन्छ। संसदमा ७९ सिटको एमाले, १४ सिटको राप्रपा, एक सिटको नेमकिपा बाहेकका दलले दाहाललाई विश्वासको मत दिँदैछन्। एमालेले औपचारिक रूपमै दाहालको विपक्षमा मतदान गर्ने जनाएको छ।

    images
    images
    images

    जसअनुसार सोमबार नेपाली कांग्रेसका ८९ मध्ये ८६, नेकपा माओवादी केन्द्रका ३२ मध्ये ३१, जनता समाजवादी पार्टीका १२ मध्ये १०, नेकपा एकीकृत समाजवादीका १०, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जनमत पार्टीका ६ र लोसपा र नाउपा ४/४ जना र जनमोर्चाका एक सांसदले विश्वासको मत दिँदैछन्।

    यसमा अमरेशकुमार सिंह र प्रभु शाहले समेत विश्वासको मत दिने प्रधानमन्त्री सचिवालयका एक नेताले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।