Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता, मन्त्रीहरुले समेत दिए राजीनामा

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता, मन्त्रीहरुले समेत दिए राजीनामा

images
  • सेतोमसी सहकर्मी
  • गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता, मन्त्रीहरुले समेत दिए राजीनामा
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसलगत्तै संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र बुझाएका थिए ।

    images
    images
    images

    माओवादीले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले शुक्रबार नै पदबाट राजिनामा दिएका छन् ।

    images
    images
    images

    गण्डकी प्रदेश सरकारमा माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई राजिनामा पत्र बुझाएका हुन् ।

    images
    images
    images

    नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारबाट फिर्ताहुँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । उनले चाँडै कांग्रेससँग मिलेर नया सरकार निर्माण गरिने र पहिलो कार्यकाल नै सरकारको नेतृत्व आफूहरुले पाउनुपर्ने बताए ।

    माओवादी र राप्रपाको समर्थनमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए । तर माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी नेतृत्वको गण्डकी सरकार अल्पमतमा परेको छ ।

    ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८ र राप्रपाका दुई सांसदको समर्थनमा बनेको सरकारलाई माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार अल्पमतमा परेको हो । अब मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।

    अधिकारीले विश्वासको मत नपाएको खण्डमा कांग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ । कांग्रेसको २७ सांसद भएकाले माओवादी र कांग्रेस मिल्ने वित्तिकै गण्डकीमा बहुमत पुग्छ । त्यस्तै यता, स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेले पनि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइसकेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।