Logo

२०८३, श्रावण ३०गते


images
images

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री

images
  • युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई सबैभन्दा बढी महत्व दिएको बताएका छन् । शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने गरेको बताए ।

    images
    images
    images

    प्रधानमन्त्रीले भने, ‘मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्माण र भविष्य खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर सम्वाद र अन्तरक्रिया गर्दै आइरहेको छु। यसबाट नै तपाईहरूलाई प्रष्ट हुन्छ– वर्तमान सरकार र यसको नेतृत्व युवाहरूको भविष्य निर्माणमा सबैभन्दा प्रतिवद्ध र इमानदार छ।”

    images
    images
    images

    राष्ट्रिय खेलकुद परिषदको सहयोगमा नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिता आयोजना गर्नुभएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। सर्वप्रथम प्रतियोगिता सफलताको शुभेच्छासहित सम्पूर्ण खेलाडीहरूको उत्तरोत्तर प्रगति र उज्जवल भविष्यको कामना गर्दछु।

    images
    images
    images

    २०३८ सालबाट औपचारिक रूपमा भएर ७७ जिल्लामा नै संस्थागत संरचना निर्माण भई लाखौँ खेलाडीहरू आवद्ध रहेको कराते खेल देशका लागि मात्र नभएर अन्तर्राष्ट्रिय गौरवको विषयसमेत बनेको छ। अन्तर्राष्ट्रिय मेडलमा कीर्तिमानी हासिल गरेका सफल कराते खेलाडीहरूको कुम्भमेलाका रूपमा यस कार्यक्रमको आयोजना हुनुले करातेको विकास र खेलाडीहरूको प्रोत्साहनमा महत्वपूर्ण सफलता मिल्ने मैले विश्वास लिएको छु।

    विगत १० वर्षदेखि तदर्थ समितिकै रूपमा कार्यसञ्चालन गर्दै आएको करातेको अधिवेशनको आयोजना हुनु आफैमा गौरवको विषय हो। यस खालको कार्यक्रमका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र करातेका संस्थापकमध्येका एक पूर्व सदस्य सचिव युवराज लामाले जुन पहलकदमी लिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद तथा बधाइ व्यक्त गर्दछु।

    यस कार्यक्रम कराते प्रशिक्षकहरूको महान् पर्व मात्र नभएर नयाँ खेलाडी उत्पादनको उर्भर “नर्सरी”समेत हुने मेरो विश्वास छ। विश्वास छ– आजदेखि कराते संघका गतिविधिमा थप तीव्रता आउनेछ, संस्थागत कार्य थप व्यवस्थित हुनेछन्। लाखौँ खेलाडीहरूको भविष्य निर्माणका निम्ति संघले थप प्रभावकारी भूमिका खेल्नेछ। त्यसका निम्ति तपाईहरूलाई अग्रिम बधाइ व्यक्त गर्दछु।

    खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो। खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीणको ढोका खोल्न सकिन्छ। आजको परिप्रेक्ष्यमा खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कुटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको छ। नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न, संस्थागत एवं संरचनागत विकास र खेलाडीहरूको वृत्तिविकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध छ। 

    खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ। यस सन्दर्भमा खेल क्षेत्रको विकासका निम्ति सरकारको तर्फबाट गरिने प्रयासमा यहाँहरूको दर्बिलो साथ र सहयोगको समेत अपेक्षा गरेको छु।

    मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्माण र भविष्य खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर सम्वाद र अन्तरक्रिया गर्दै आइरहेको छु। यसबाट नै तपाईहरूलाई प्रष्ट हुन्छ– वर्तमान सरकार र यसको नेतृत्व युवाहरूको भविष्य निर्माणमा सबैभन्दा प्रतिवद्ध र इमानदार छ।

    अन्त्यमा ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समुद्घाटन भएको घोषणा गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका निम्ति वर्तमान सरकार सबै प्रकारका सहयोग गर्न तत्पर रहेको पुनः स्मरण गराउँदै कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु, धन्यवाद।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।