Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो

प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो

images
  • प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणको निम्तो आएको छ ।

    images
    images
    images

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् ।

    images
    images
    images

    तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने । ‘मिति तय भइसकेको छ, तर तयारी पूरा नभएका कारण त्यसलाई सार्वजनिक गर्न मिल्दैन र सुरक्षाको दृष्टिले पनि त्यो राम्रो मानिँदैन,’ उनले भने । वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्रीको भ्रमण हुन सक्ने उनको भनाइ छ ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भ्रमणको तयारी थालिसकेका छन् । भ्रमणको क्रममा केही विषयमा सम्झौता हुने जनाइएको छ । कृषि, जलस्रोत, शिक्षा, स्वास्थ्य मन्त्रालयबाट एजेण्डाहरु मगाएर त्यसमा अध्ययन गर्ने र कार्यक्रम बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।