२२ असार, चितवन । पहिरोका कारण अहिले नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा बन्द छ । भरतपुर महानगरपालिका–२९, सेतीदोभानमा सोमबार राति करिब ९ बजे ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख भगवानराज थापाका अनुसार सोमबार राति ९ बजेसम्म सडक एकतर्फी सञ्चालनमा थियो । पहिरो गएपछि पूर्ण अवरुद्ध भएको हो । “पानी र पहिरो एक्कासि आयो, बाटो सबै ढाकिहाल्यो,” थापाले भने ।
बिहानबाट पहिरो पन्छाउने कार्य भइरहेको र अझै पाँच घण्टाजति लाग्ने उनको भनाइ छ । “पहिरो ठूलो छ, फेरि पहिरो खसेन भने करिब पाँच घण्टामा खुल्ला,” उनले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology