Logo

२०८३, श्रावण ३०गते


images
images

सुजिता भण्डारीको ह'त्या कि आत्मह'त्या ? के भन्छ प्रहरी ?

सुजिता भण्डारीको ह'त्या कि आत्मह'त्या ? के भन्छ प्रहरी ?

images
  • सुजिता भण्डारीको ह'त्या कि आत्मह'त्या ? के भन्छ प्रहरी ?
    images
    images

    काठमाडौं। चितवनकी २३ वर्षीय युवती सुजिता भण्डारीको शव भेटएको तीन दिनसम्म प्रहरीले ह'त्या वा आत्मह'त्या केही बताउन सकेको छैन। ९ दिन अघि घरबाट तरकारी लिन साथीको घर जान्छु भन्दै निस्केकी सुजिता जंगलमा मृत फेला परेकी थिइन्।

    images
    images
    images

    उनी हराएपछि प्रहरीलाई समयमै खबर गरेको भएपनि उनी फेला पर्न सकेकी थिइनन्। जबकी उनी अपहरणमा परेको खबर गरिएपनि प्रहरीले उनको खोजीका लागि कलेजका साथीहरु र आफन्तसँग मात्रै केन्द्रित रहेको थियो।

    images
    images
    images

    जब आइतबार अपरान्ह उनको शव भेटियो त्यसपछि प्रहरीलाई ह'त्या वा आत्मह'त्या हो भन्ने अलमल भयो। ‘नजिकै विषको बट्टा भेटिएको छ, स्प्राइडको बोतलपनि छ। मोवाइल छैन, मोबाइल राख्ने व्याग छ। घट्ना स्थलमा भएका सबुतले केही अलमल गराएको छ। तर पनि प्रहरीले गर्ने भनेको अनुसन्धानको कुनै कसर बाँकी राखिएको छैन’, जिल्ला प्रहरी कार्यालयका चितवनका प्रमुख ओम अधिकारीले भने।

    images
    images
    images

    उनका अनुसार शव पोष्टमार्टमपछि मात्रै केही तथ्यहरु एकिन हुनेछन्। तर सुजिताका आफन्तहरु भने प्रहरीले आत्मह'त्यातर्फ संकेत गरेपछि त्यो मान्न तयार छैनन्।

    पीडित परिवारले जनाए अनुसार सुजिता अपहरणमा परेको खबर प्रहरीलाई त्यसै दिन गरिएको थियो। अपहरण भनेपछि प्रहरीले सुजिताको फोन रेकर्ड हेर्न सक्थ्यो तर प्रहरीको ध्यान त्यतातर्फ नगई कोही केटासँग भागेकी हुनसक्ने आशंका गर्न थालेको पीडितहरुको दावी छ।

    सुजिताले प्रयोग गर्ने मोवाइल र सीम नभेटिनु,घटनास्थलमा ‘स्प्राइट’को बोतल र विषादीको बोतल भेटिनुलाई आत्महत्या हो कि भन्ने आशंका गराएको र उता सुजिता आफैले आफू अपहरणमा परेको भनेर फोन गर्नु र तरकारी लिन जान्छु भनेर हिँडेपछि उनी घर नफर्कनु जस्ता विषयलाई अलग अलग रुपमा विश्लेषण गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय, भण्डारामा परिवारका सदस्यहरुले सुजिता हराएको र उनी अपहरणमा परेको भन्दै रिपोर्ट गरेका थिए। ‘उहाँ (पीडित) हरुको रिपाेर्ट आएपछि त्यहाँको प्रहरीले खोजवीन गरेको देखिन्छ’, एसपी अधिकारीले भने। तर पनि पत्ता नलागेको प्रहरीको दावी छ।

    प्रहरीले उनी हराएको भनिएका केही स्थानमा खोजी गरेको र केही मानिसहरुसँग सोधपुछ गरेको थियो। शुरुमा प्रहरीले उनी अपहरणमा परेको भन्ने शंका कम गरेको र कोही कसैसँग गएकोमा बढी शंका गरेको पाइन्छ जुन शंका नै प्रहरीलाई भारी भएको छ।

    ‘जब प्रहरीलाई उनको अपहरणबारे खबर आयो हामीले प्राविधिक विश्लेषण र संभावित नाका र स्थानमा निगरानी बढाएका थियौं’, एसपी अधिकारीले भने।

    प्रहरी स्रोतका अनुसार प्रहरीले अपहरणकारीले फिरौति माग्न सक्ने भएकाले त्यतातिर ध्यान दिन थालेको थियो। ‘मोबाइलको कल डिटेलबाट प्रहरीले हेर्दा केही समयअघि एक युवकसँग सुजिता जोडिएको र बीचमा उनीहरुबीचको कनेक्सन टुटेको फेला पारेको थियो, हामीले त्यतापनि ध्यान दिएका थियौ’, जिप्रका चितवन स्रोतले जनाएको छ।

    तर परिवारका सदस्यलाई कोही कसैले फिरौती रकम नमागेको, उनी पनि नभेटिएको अवस्थमा प्रहरीमाथि दबाब सिर्जना हुँदैगएपछि प्रहरी प्रधानकार्यालयले केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोली पनि खटायो। तर अनुसन्धानमा कुनै उपलब्धी हासिल नहुँदै सामुदायिक जंगलमा सुजिताको शव भेटिएको थियो।

    सुजिताको शव भेटिएपछि प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको जनाएको छ। तर पनि अपहरण भएको वा हत्या भएको हो भन्ने बारेमा प्रहरी अन्यौलमा रहेका छन्। अपहरणपछि ह'त्या भएको आशंकामा स्थानीयहरुले राजमार्ग समेत अबरुद्ध पारेर विरोध गरेका थिए।

    यसबाट के स्पष्ट हुन्छ भने स्थानीय बासिन्दा सुजिताको आत्मह'त्या हो भन्नेमा कोही स्वीकार्न चाहँदैनन्, उनीहरु अपहरण भएको र ह'त्या गरिएको त्यसमा प्रहरीले समयमा ध्यान नदिएको भन्दै विरोध गरिरहेका छन्।

    प्रहरीले भने दुवै कोणबाट अनुसन्धान भैरहेको जनाएको छ। सुजिताले प्रयोग गर्ने मोवाइल र सीम नभेटिनु,घटनास्थलमा ‘स्प्राइट’को बोतल र विषादीको बोतल भेटिनुलाई आत्मह'त्या हो कि भन्ने आशंका गराएको र उता सुजिता आफैले आफू अपहरणमा परेको भनेर फोन गर्नु र तरकारी लिन जान्छु भनेर हिँडेपछि उनी घर नफर्कनु जस्ता विषयलाई अलग अलग रुपमा विश्लेषण गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

    ‘अनुसन्धानको कोण दुवैतिर छ हामीलाई विश्वास छ चाडै नै परिणाम हात लाग्नेछ’, एसपी अधिकारीले भने । प्रहरीका अनुसार सुजिताको शव गलेको हुनाले शरीर पनि स्पष्ट देखिएको थिएन, तर प्रहरीले शरीरको बाहिरी भागमा कुनै चोट नरहेको जनाएको छ। प्रहरीका अनुसार उनको पोष्टमार्टम रिपार्ट आएपछि अनुसन्धान एकातिर मात्रै हुनेछ।

    स्थानीयहरुले सुजिताको आत्मह'त्या अस्वीकार गरेका बेला प्रहरीले यसै भन्नसक्ने अवस्थामा देखिएको छैन। समयमै प्रहरी परिचालन नभएको भन्ने गुनासो रहेका कारण प्रहरीले आत्महत्या र अपहरणपछिको ह'त्या दुवै विषयमा अनुसन्धान गरिरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।