देवदह । देवदह नगरपालिकाले वडा नम्बर ५ स्थित केरवानी माध्यमिक विद्यालयमा एसी सहितको मन्टेश्वरी र सिप सहितको शिक्षाका लागि ७ लाख रुपैया विनियोजन गरेको छ। वडा कार्यालयको १ करोडको सिलिङ्गबाट वडा अध्यक्ष गणेश डुम्रेले एसी सहितको मन्टेश्वरीको लागि ७ लाख विनियोजन गरेका हुन ।
वडा नम्बर ५ ले विभिन्न आर्थिक विकासमा ११ लाख, सामाजिक विकासमा १७ लाख पूर्वाधार विकासमा ६५ लाख ५० हजार, बातावरण तथा विपत व्यवस्थापनमा १ लाख ५० हजार र संस्थागत विकास तथा सेवा प्रवाहका लागि ५ लाख बिनियोजन गरेको छ।
विभिन्न ३१ बुदाँमा बजेट बिनियोजन गरेको वडा नम्बर ५ ले नाला निर्माण र सडकमा इन्टरलक् ईट्टा विछ्याउने कार्यक्रमलाई महत्व दिएको देखिन्छ। त्यसैगरी मकै महोत्सव, कृषि तथा पशुपालन प्रवर्धन र मागका आधारमा सिंचाई बोरिङ्ग निर्माण संगै खेलकुद, बालमैत्री कार्यक्रम र नाला सफाई लगायतका कार्यक्रम अघि सारेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology