काठमाडौं । काठमाडौं महानगरपालिकाले ढुसी परेको मिठाइ बेच्ने एक मिठाइ पसललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
काठमाडौं महानगरपालिका–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले ढुसी परेको मिठाइ र किरा परेको खाद्य पदार्थ बेचेको पाइए पछि जरिवाना तिराइएको महानगरले जनाएको छ ।
बजार अनुमगनका क्रममा सो मिठाइ पसलले अखाद्य मिठाइ बेचेको पाइएकोले जरिवाना तिराएको महानगरको बजार अनुगमन समितिका निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।




















.gif)