Logo

२०८३, आश्विन १०गते


images
images

चीनबाट ८ लाख डोज भेरोसेल लिएर नेपाल आइपुग्यो बाइबडी जहाज

चीनबाट ८ लाख डोज भेरोसेल लिएर नेपाल आइपुग्यो बाइबडी जहाज

images
  • चीनबाट ८ लाख डोज भेरोसेल लिएर नेपाल आइपुग्यो बाइबडी  जहाज
    images
    images

    काठमाडौँ । सरकारले चीनसँग खरिद गरेको कोरोनाविरुद्धको ४० लाख भेरोसेल खोपमध्ये पहिलो चरणमा आठ लाख नौ हजार ६०० डोज खोप नेपाल आइपुगेको छ ।

    images
    images
    images

    शुक्रबार बिहान ८ लाख नेपाल वायु सेवा निगमको बाइडबडी ए ३३० जहाज खोप बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सरकारले सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप ल्याएको हो ।  सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर सम्झौता गरेको छ। सोही सम्झौताअनुसार पहिलो चरणमा उक्त खोप नेपाल ल्याइएको हो ।

    images
    images
    images

    साउन ८ गतेसम्म तीनवटा उडानमार्फत थप खोप नेपाल ल्याइने बताइएको छ । दोस्रो चरणमा खोप लिन निगमकै बाइडबडी असार ३१ गते पुनः चीन जाने छ । तस्रो चरणमा साउन ७ गते थप खोप ल्याउने नेपालको तयारी छ । खरीद गरेर ल्याइएको भेरोसेल खोप ६० वर्ष मुनि उमेर समूहका नागरिकलाई लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ।

    images
    images
    images

    नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । अहिलेसम्म नेपालमा २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्रा र आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा खोप लगाइसकेका छन् । सरकारले नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।