काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ केन्द्रीय सदस्य थप गरेको छ । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले पार्टीको विधानअनुसार ३३ प्रतिशत महिला पुर्याउन महिला सदस्य थप गरिएको हो ।
अब माओवादीमा केन्द्रीय कमिटी सदस्य ४०७ जनाको बनेको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहालले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology