Logo

२०८३, श्रावण ३१गते


images
images

चार्डपर्वमा विदेशी फूलको आयात रोक्न वडाले बाढ्यो बिरुवा

चार्डपर्वमा विदेशी फूलको आयात रोक्न वडाले बाढ्यो बिरुवा

images
  • सेतोमसी सहकर्मी
  • चार्डपर्वमा विदेशी फूलको आयात रोक्न वडाले बाढ्यो बिरुवा
    images
    images

    निशान्त पाठक, देवदह । देवदह नगरपालिका वाड नं. ५ ले विभिन्न फूलका बिरुवा वितरण गरेको छ । शुक्रबार वडाले प्रत्येक टोल सुधार समितिलाई सयपत्री फूलको बिरुवा वितरण गरेको हो ।

    images
    images
    images

    विरुवा वितरण गर्दै देवदह नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले चाडपर्वलाई लक्षित गरि फूलको विरुवा वितरण गरिएको बताए। नेपाली चार्डपर्वमा विदेशी फूल प्रयोग नगरी गाउँघरमै उत्पादित फूलको प्रयोग गर्न वडाबासीलाई विरुवा उपलब्ध गराईएको उनको भनाई छ। 

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै वडा अध्यक्ष डुम्रेले घरधुरिको रेकर्डको आधारमा वडाको प्रत्येक टोलमा २ सयदेखि ४ सय फूलका विरूवा वितरण गरिएको बताए । उनले भने, चार्डपर्वलाई लक्षित गरि बिरूवा बितरण गरिएको हो, प्रत्येक घर धुरिलाई ३ वटाका दरले पुग्ने गरि बितरण उपलब्ध गराईएको छ ।"

    images
    images
    images

    टोल विकास अध्यक्ष वा प्रतिनिधिसंगसमन्वय गरि व्यवस्थित तरिकाबाट विरूवा लगाउन अनुरोध गर्दैले वडा कार्यालयले विदेशी फूलको आयात रोक्नको लागि स्वदेशमै फूलको उत्पादन आवश्यक रहेको जनाएको छ। स-साना कुरामा आत्मनिर्भर बन्न सके, राज्यको धेरै पूँजी बाहिरिनबाट जोगिने वडाको भनाई छ ।

    टोल विकासको अलावा गौतम बुद्ध राष्ट्रिय उद्यानलाई एक सय, कलुवा कृषि सहकारी संस्थालाई दुई सय र ऐतिहासिक मन्दिरहरूमा दुई सय फूलका बिरुवा वितरण गरेको वडाले जनाएको छ । वडामा जम्मा ६ हजार ४ सय विरूवा  वितरण गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फूल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।