अंकगणितिय हिसावले सदनमा रक्षात्मक अवस्थामा अथवा तेश्राे स्थानमा पुगेर पनि सरकारकाे नेतृत्व गर्ने अवसर पाएकाे माओवादी सामु यतिखेर गम्भीर चुनाैतिकाे पहाड छ । यस्ताे चुनाैतिकाबिचमा पनि सरकारकाे नेतृत्व गर्न पाएकाे माओवादी नेतृत्वकाे सरकार यतिबेला चर्चाकाे शिखरमा छ । नेपालको राजनैतिक इतिहासमा राजनैतिक आडमा हुने ठुलाठुला भ्रष्टाचारका फाईल खाेलेर कार्वाही अगाडि बढाएका कारण आजसम्म माओवादी र त्यसका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले हाईहाई छन । यहि बिचमा माओवादी केन्द्रकाे जम्बाे केन्द्रीय समितिकाे बैठक ५ दिनसम्म काठमाडौंमा बस्याे । यस्ताे बिचमा सम्पन्न माओवादी केन्द्रकाे बैठकले के दुरगामि निर्णय गर्याे त ? यहाँ याे आलेखमा यस विषयमा चर्चा गर्ने प्रयास गरिएकाे छ ।
१. माओवादीको याे बैठककाे पहिलाे निर्णय भनेकाे रुपान्तरणकाे पक्ष हाे । त्यसका लागि माओवादी आन्दाेलनकाे इतिहासमै पहिलाे पटक अध्यक्ष प्रचण्ड सहित सम्पुर्ण नेता कार्यकर्ता रुपान्तरण भएर अब माओवादीलाई साच्चै माओवादी बनाउने उद्घोष अध्यक्ष सहित अन्य सबैकाे प्रण याे बैठकमा गरियाे भने माओवादी आन्दोलन छिन्नभिन्न र कमजाेर हुनकाे कारण पहिला आफैमा खाेजेर त्यसकाे शल्यक्रिया गरि आन्दाेलनकाे पुनर्गठन गर्ने कुरा आफैमा महत्वपूर्ण छ। यसले माओवादीको केन्द्र देखि सेल (ईकाइ) सम्म उत्साह थपेको छ ।
२. यो बैठकले पार्टी निर्माणको मुख्य आधार वार्डलाई बनाउँदै ३ महिने अभियानमा स्वयम अध्यक्ष जो प्रधानमन्त्री पनि छन् उनी आफैले सातवटा प्रदेशको सातवटा वार्डमा जिम्मा लिएर त्यसलाई नमुना बनाउने निर्णयले तलसम्म सबै नेता कार्यकर्तालाई गम्भीर बनाएर जनस्तरमा फर्काइदिएको छ। अध्यक्षको यो घोषणाले माओवादी पार्टीको चाहे अध्यक्ष, पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय सदस्य वा प्रदेश पदाधिकारी समेतले सर्वप्रथम एउटा वार्ड तीन महिनासम्म जिम्मा लिएर वार्डमा नमुना पाटी निर्माण गर्ने निर्णय गरेको छ। यो निर्णयले २०६४ पछि फेरि एकपटक माओवादी जनतातिर फर्किने छ । यसले माओवादी पार्टीको वार्डसम्म बलियो आधार र निर्माण गर्नेछ। चाहे देशको जिम्मा लिनुस, चाहे प्रदेशको, चाहे जिल्लाको या पालिकाको जुन जिम्मा लिए पनि एउटा वार्डकाे जिम्मेवारी लिनै पर्ने निर्णयले पार्टी निर्माणमा समान प्रकारको कार्य विभाजन गरेको छ। यो भनेको बैठक हो अति महत्वपूर्ण निर्णय हो। यो निर्णय पूर्णरूपमा कार्यान्वयन भयो भने मक्किएकाे माओवादी संगठन जरैबाट बलियो बन्ने देखिन्छ। तीन महिने अभियानमा सबैको कार्यक्षेत्र बदल्दा सिंगो पार्टीपंक्ति एकैपटक चलाएमान हुनेछ।
३. तेस्रो कुरा माओवादीको यो बैठकले पार्टीभित्र सबैलाई समानताको हक स्थापित गरेको छ। परम्परागतरुपमा अध्यक्षले दस्ताबेज लेखेर ल्याउने र पेस गर्ने कुराको अन्त्य गर्दै स्वयं अध्यक्षले पेश गरेको दस्तावेजलाई सम्पूर्ण पदाधिकारीको साझा भनियो। साथै हलबाट उठेका विषयवस्तु समेटेर दस्तावेजको पूर्णता दिने घोषणाले विचार निर्माणमा सबैको उपस्थिति देखाएको छ भने प्रदेश पदाधिकारी केन्द्रीय सदस्य देखि केन्द्रीय पदाधिकारी जसले बोलेपनि ५ मिनेट मात्र बोल्ने कुराले नेता कार्यकर्तामा समानता देखायो। बैठकमा सहभागी सबैलाई आ-आफ्नो विचार व्यक्तिगत रुपमा राख्न दिएर वास्तविक लोकतन्त्रको अभ्यास माओवादी बैठकले गरेको छ। यसले हिजो जनयुद्ध (फाैजि कासन) बाट आएको अति केन्द्रीकृत पार्टी लोकतान्त्रिक अभ्यासमा जुटेको छ भने माओवादी आन्दोलन जनयुद्ध, जनआन्दोलन र अन्य आन्दोलनको पनि साझा हो भनेर नेतृत्वमा नयाँ पुस्तालाई प्रवेशको संकेत गरेकाे छ। त्यस्तै, माओवादीले हिजो उठाएका उत्पिडत जातजातिको विषय कुनै हालतमा छाेड्न नसकिने र निरन्तर उनीहरूको पक्षमा लाग्ने प्रतिबद्धताले पार्टीको एजेण्डा प्रतिको प्रतिबद्धता देखाएको छ।
४. चौथो कुरा माओवादी आन्दोलनको इतिहासमा पहिलोपटक विधान संशोधन गरी अब उपरान्त पार्टी कमिटीहरु पुर्णलोकतान्त्रिक विधिबाट चयन हुने घोषणाले माओवादीले संगठनमा क्रमभंगता गरेको छ। अब हिजोको इतिहासको बलमा मात्र नेता बन्ने हैन, आजको काम योग्यता, क्षमता र दक्षताका आधारमा नेता बन्न सबै कमिटीमा मित्रवत् प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने कुरा आफैंमा ऐतिहासिक सुरुवात हो। बैठकको यो निर्णयले एकातिर मनोनितका नाममा ठुला र भद्धा भएका कमिटिहरू चुस्तदुरुस्त हुनेछन् भने पार्टीमा निरन्तर लाग्ने निष्ठावान र क्षमता भएका युवापुस्तालाई नेतृत्वमा आउन आह्वान गरेको छ। याे माओवादी संगठनमा एक प्रकारको 'आइस ब्रेक' नै हाे ।
५ - यो बैठकले पहिलोपटक विधान अधिवेशन गरी अब पार्टीलाई विधान अनुरुप संचालन गर्ने घोषणा गरेको छ र त्यही बिधानको आधारमा विशेष महाधिवेशनको घोषणाले अब माओवादी विधिबाट चल्ने संकेत देखिएको छ। यो कुराले सिङ्गो माओवादी पंक्ति उत्साहित भएको देखिन्छ।
६. नेपालकाे वामपन्थी आन्दोलनको पुनः समीक्षा गरी एउटै समाजवादी केन्द्र निर्माण गर्न समाजवादी मोर्चाको निरन्तरता, एकता र धुर्बिकरणका लागि समेत जिम्मेबारी दिएको छ। यसले हिजो सामन्ती व्यवस्थाको अन्त्य गर्न राजनैतिक र फौजी नेतृत्व गरेको माओवादी अब समाजवादी यात्राको लागि पनि वैचारिक र साङ्गठानिक नतृत्व लिन अगाडि बढेको देखिन्छ।
माओवादी पार्टीको यो बैठकका सबै निर्णय पूर्णरूपमा कार्यान्वयन भएभने अब माओवादी आजको रुपमा रहने छैन। सरकारको नेतृत्वबाट सुशासनको लागि सञ्चालन गरेको महान अभियान र संगठनमा जनस्तरमा फर्किने निर्णयले माओवादी आन्दोलनमा सबैलाई आशावादी बनाएको छ।
लेखक पोखरेल नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका मुख्य सचिव हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology