Logo

२०८३, श्रावण ३१गते


images
images

 मुगुमा जिप दुर्घटना, एकै गाउँका ४ जनाको मृत्यु

 मुगुमा जिप दुर्घटना, एकै गाउँका ४ जनाको मृत्यु

images
  •  मुगुमा जिप दुर्घटना, एकै गाउँका ४ जनाको मृत्यु
    images
    images

    काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका छन् ।

    images
    images
    images

    सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको थियो ।

    images
    images
    images

    प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ का एकै नाम थरका दुई जना राम परियार, प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।

    images
    images
    images

    दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका-७ चालक दिनेश लावड, सोरु-५ का गोविन्दा शाही र लोकजङ्ग नेपाली छन् । नेपाली सोरु-५ का वडा सदस्य हुन् ।

    यसैगरी सोरु-६ का सेरे रोकाया र हुम्ला सिमीकोट-२ का उदीप बोहोरा पनि घाइते भएका प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • # मुगु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।