Logo

२०८३, आश्विन ९गते


images
images

साहित्य

 कविता : तिमी नेता बन्ने भयौ 

 कविता : तिमी नेता बन्ने भयौ 

images
  • सेतोमसी सहकर्मी
  •  कविता : तिमी नेता बन्ने भयौ 
    images
    images

    केहि गर्नु र नगर्नुको बीच 
    खाडल बाँकी नरहेपछि 
    राजनीति सुरु गरेको तिमीले
    केही नगरीकनै 
    धेरै समाचारका हेडलाइनमा
    केही गर्न सफल भएकोमा
    तिम्लाइ धेरै धेरै बधाइ छ ।

    images
    images
    images

    राजनीति गर्नु भनेको
    सत्ता र सम्पदा दोहन गर्नु बुझेरै 
    राजनीतिमा उदाएको तिमी
    देशको भविष्य छर्लङ्ग देखाइ दिएकोमा 
    तिम्लाइ धेरै धेरै धन्यवाद छ । 

    images
    images
    images

    सरकारी आरक्षण र कोटाहरुमा 
    भनसुनको मनसुन 
    बर्षाउन पाइन्छ भनेरै
    तिमी राजनीतिमा आइसकेपछी 
    मेरा केही साथीहरुको 
    बुझ्न् नसक्दै सकिएको 
    एउटा कहानी को अध्याय निमोठिदिएकोमा
     तिम्लाइ धेरै  धन्यवाद छ
     तिम्लाइ धेरै धन्यवाद छ ।। 
    हो,
    हो, तिम्लाइ धन्यवाद छ
    पैसा कमाउनको लागि कर्म गर्नुपर्ने 
    ठाउँसम्म पुर्याइदिने
    वातावरण सृजना गरिएकोमा 
    तिम्लाइ धेरै धन्यवाद छ ।

    images
    images
    images

    अभावमा बरु आनन्द  मिल्ला भनेरै 
    सम्पन्नताको आसमा गलत कहिलै गरेन उसले
    संघर्षमा हुर्केका फूलहरु 
    फक्रन अलि समय लाग्छ दाई
    तिमी बस हिम्मत नहार्नु,भन्ने साथीलाई 
    पासपोर्ट थमाईदिएर 
    तिम्लेले देशलाई जित्यौ 
    देशले उस्लाइ बिदा गर्यो
    तिम्लाइ धेरै धेरै बधाइ छ ।
    तिम्लाइ धेरै धेरै बधाइ छ ।। 

    पृथ्वीको गर्भ तोडेर 
    भएपनि ताला खोल्न सक्ने
    झुप्पाका अन्तिम चाबी जस्तै 
    निर्बिकल्पको साचो माला लगाएका
    मेरा साथीहरूलाई 
    विदेश यात्रा सफल अनि सहज होस भन्न सक्ने 
    आट दिएकोमा तिम्लाइ धेरै  धेरै धन्यवाद ।

    आकाशमा अट्ने जति सपना बोकेर,
    बाकसमा अटने जति पैसा कमाउन
    घरको लालपुर्जा 
    उस्को बा'ले 
    बैंकको बाकसमा 
    राख्नसक्ने बनाइदिएकोमा 
    तिम्लाइ धेरै धन्यवाद ।

    गरुङ्गो मन लिएर 
    खाली कागजमा
    उस्का बा'ले 
    औठा छाप  
    बैङ्कमा धितो राखेपछी 
    उसकी आमाले
    तिउनमा नुन हाल्न बिर्सेकै भोलिपल्ट 
    उसको बोरिङ पास भएको छ 
    तिमी सफल भएका छौ 
    अब तिमी ठुलै नेता भयौ 
    धेरै धेरै बधाइ छ ।
    धेरै धेरै बधाइ छ ।। 

    विष्णु प्रसाद पाठक
    देवदह, रुपन्देही

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।