Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिगामी कदमविरुद्ध समाजवादी मोर्चा बनाएका हौँ : माधव नेपाल

प्रतिगामी कदमविरुद्ध समाजवादी मोर्चा बनाएका हौँ : माधव नेपाल

images
  • प्रतिगामी कदमविरुद्ध समाजवादी मोर्चा बनाएका हौँ : माधव नेपाल
    images
    images

    बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगामी कदमविरुद्ध समाजवादी मोर्चा बनेको बताएका छन् । आज बुटवलमा  हुने मोर्चाको भेलालाई सम्बोधन आएका नेपालले भैरहवा पत्रकारसँग कुरा गर्दै नेपालले वामपन्थी, देशभक्त र लोकतान्त्रिक सबै शक्ति एकै ठाउँ उभिएर प्रतिगमन र अनुचित कदमका विरुद्ध एकताबद्ध भएर जनताको पक्षमा लाग्न मोर्चा बनेको बताएका हुन् । 

    images
    images
    images

    संविधानको रक्षा र समाजवादी व्यवस्थाका लागि मोर्चा बनेको अध्यक्ष नेपालको भनाई छ । उनले अहिले मुलुकमा बिचौलिया, दलाल पुँजीपतिहरू हाबी भएकोले देशमा आर्थिक सङ्कट पैदा भएको टिप्पणी गरे । उनले मुलुकमा उत्पन्न राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक जस्ता समस्याहरूको समाधानका लागि समेत मोर्चाले सातै प्रदेशमा मोर्चा निर्माण गर्नुपरेको बताए । 

    images
    images
    images

    नेपालले निर्वाचन परिणामले कुनै पनि दलको बहुमत नआएकाले सबै मिलेरै अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।  उनले जनताको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी लाग्न समेत कार्यकर्तालाई आग्रह गरे ।  उनले संघ, प्रदेश र स्थानीय तहमा वर्तमान गठबन्धनमा सामेल रहेकाले सरकार, सदन र सडकबाट जनताको सवाल उठाउने गरी लाग्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    उनले पछिल्लो समय धरानमा सामाजिक सद्भाव बिथोल्ने खालको घटना देखिएको बताउँदै एक अर्काबीच धार्मिक सद्भाव कायम गर्न आग्रह गरे । नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएकाले सबै जातजाति र धर्मसंस्कृतिको संरक्षण गर्नुपर्ने अध्यक्ष नेपालले बताए 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।