काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि तीन महिने अभियान सुरु गर्ने भएको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान नाम दिईएको अभियान आज देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुनेछ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरू वडावडामा पुगिसकेका छन्। प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाका अनुसार अभियानको आज ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।
औपचारिक कार्यक्रम दिउँसो १ बजे हुनेछ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका -२ घट्टेडाँडाको कार्यक्रममा जानेछन् ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका-२८ हरिसिद्धीको कार्यक्रममा सहभागी हुनेछन् । सबै पदाधिकारी, स्थायी समिति सदस्य र केन्द्रिय सदस्य जाने वडाहरु तोकिएको छ।
'जनजनमा माओवादी, घरघरमा माओवादी' नारा दिईएको अभियानको क्रममा २५ लाख मतदाताको घरमा पार्टीका केन्द्रिय नेताहरू पुग्ने र सुझाब संकलन संगै पार्टी निर्माण कार्य पनि संगसंगै गर्ने पार्टीले जनाएको छ।
अभियानले नयाँ तरंग पैदा गर्ने र पार्टी कार्यकर्तालाई समेत रुपान्तरित गर्दै नयाँ पार्टी निर्माणको लागि दिशानिर्देश गर्ने माओवादी नेताहरू बताउछन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology