Logo

२०८३, श्रावण ३०गते


images
images

स्वास्थ्यमन्त्री बन्दै गगन थापा

स्वास्थ्यमन्त्री बन्दै गगन थापा

images
  • स्वास्थ्यमन्त्री   बन्दै गगन थापा
    फाइल फोटो
    images
    images

    काठमाडौं । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिंदै छन् । प्रधानमन्त्रीको सपथ संगै सानो मन्त्री मण्डल समेत गठन गर्ने तयारीमा बिहानदेखि जुटेका छन् ।

    images
    images
    images

    शेरबहादुर देउवाको मन्त्री मण्डलमा माधव नेपाल, जसपा (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चा अहिले नजाने भएपछी नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र समावेश हुने भएको छ । माओवादी केन्द्रबाट अहिले दुईदेखि तीन जना मात्र मन्त्री मण्डलमा जाने भएका छन् भने नेपाली कांग्रेसबाट पनि अहिले दुई तीन जना मात्र समावेश हुने तयारी भएको छ ।

    images
    images
    images

    नेपाली कांग्रेसबाट अहिले स्वास्थ्यमन्त्रीका लागि गगन थापाको चर्चा चुलिएको छ । सामाजिक संजालदेखि नेपाली कांग्रेस भित्र गगन थापालाई अहिले स्वास्थ्यमन्त्री बनाउन दबाब दिइरहेका छन् ।

    images
    images
    images

    कोभिड संग लड्न गगन थापाले दिएका सुझावहरुले राम्रो प्रतिक्रिया पाएको कारण अहिले स्वास्थ्यमन्त्रीमा गगन थापा उपयुक्त हुने तर्क सहित गगन थापालाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्ने माग गरिरहेको पाईएको छ ।

    गगन थापाले भने यस बारे कुनै प्रतिक्रिया दिएका छैनन् भने शेरबहादुर देउवाले अहिले पार्टी भित्र कसलाई कुन मन्त्रालय दिने भन्ने बारे छलफल गरिरहेका छन् ।

    डा मिनेन्द्र रिजाल वा बालकृष्ण खांडलाई सरकारको प्रवक्ता सहित एक मन्त्रालय दिने समेत चर्चा कांग्रेस भित्र चलिरहेको छ । देउवा निकट एक नेताका अनुसार बालकृष्ण खांड वा मिनेन्द्र रिजाललाई नियुक्त गर्ने देउवाको चाहना रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।