देवदह । देवदहमा बाल समुहका सदस्यहरुलाई बालअधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ। नगरपालिका वडा नं. ५ को आयोजनामा वडा बाल संजालका १७ जना, देवदह ५ का विद्यालयमा कृयाशिल बाल क्लबका पदाधिकारी, ६ वटा टोल स्तरीय बाल समुहका पदाधिकारी सहित ३३ जनाको सहभागीमा तालिम संचालन भएको हो।
तालिममा बोल्दै देवदह नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टिकाराम शर्माले प्रशिक्षार्थी बालबालिका समाजको लिडर भएको हुँदा टोलटोलमा बालमैत्री बाताबरण निर्माण गर्न सकृय हुनुपर्ने बताए । बाल बिवाह, बालमजुर तथा बाल स्वास्थ्य सम्बन्धि कतिपय सुचक पूरा गर्न वडा समिती, वडा स्तरीय बालमैत्री समिती र विद्यलय सक्रियतापुर्वक लागेर वडालाइ बालमैत्री बनाउने आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई छ।
बालमैत्री स्थानीय शासन विज्ञ शर्मिला पौडेलले प्रशिक्षकको भुमिका निर्वाह गरेको कार्यक्रममा देवदह नगरपालिका बालमैत्री फोकल पर्सन तथा शिक्षा अधिकृत पर्शुराम ढकालज्युले सहजीकरण गरेका थिए ।
वडा अध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य होमनाथ भट्टराई, वडा बाल संजाल सदस्य बिष्णु पौडेलले लगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology