Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहमा बालअधिकार सम्बन्धि एकदिने कार्यशाला   

देवदहमा बालअधिकार सम्बन्धि एकदिने कार्यशाला   

images
  • देवदहमा बालअधिकार सम्बन्धि एकदिने कार्यशाला   
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकामा बालअधिकार र बालक्लब सशक्तीकरणका लागि संचार अभियान सम्बन्धि  एकदिने कार्यशाला सम्पन्न भएको छ । सोइया महिला स्वावलम्बी संस्थको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका शिक्षा अधिकृत पर्शुराम ढकालले बालमैत्री अभियान बोलिमा भएको र व्यवहारमा हुन बाँकी रहेको बताए । उनले आफुहरु देवदह नगरपालिकालाई बालमैत्री बनाउनका लागि हरेक क्षेत्रमा कटिबद्ध रहेको बताए । उनले देवदह नगरपालिकामा बालमैत्रीको अभियानमा  निरन्तर रुपमा लाग्ने बताए । बालमैत्री अभियानले अवसर दिने र त्यसलाइ सदुपयोग गर्न जान्नुपर्ने उनको भनाइ छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै सोइया महिला स्वावलम्बी  संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले देवदह नगरपालिका बालमैत्री अभियानमा लागिरहेको र सबैले साथ दिन आवश्यक रहेको बताइन । बालमैत्री अभियानका बारेमा सबैलाइ बुझाउन आवश्यक रहेको उनको भनाइ छ । 

    images
    images
    images

    कार्यक्रममा प्रशिक्षक राहुल देव सापकोटा र त्रीलोचन दाहालले प्रशिक्षण दिएका थिए ।

     कार्यक्रमको सहजिकरण संस्थाका गुणस्तरीय शिक्षा शाखा प्रमुख नारायण भण्डारीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # बालअधिकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।