Logo

२०८३, श्रावण ३०गते


images
images

काठमाडौं–तराई÷मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सम्पन्न

काठमाडौं–तराई÷मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सम्पन्न

images
  • काठमाडौं–तराई÷मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सम्पन्न
    images
    images

    काठमाडौं । नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई÷मधेस दु्रतमार्ग सडक आयोजना निर्माणको कामको आर्थिक वर्ष २०७९/८० को श्रावण मसान्त सम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको जानकारी गराइएको छ ।

    images
    images
    images

    आईतवार नेपाली सेनाले पत्रकार सम्मेलमार्फत सो सडक आयोजनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । आयोजनाको मोविलाईजेशनसहित वित्तीय प्रगति भने २८.११ प्रतिशत रहेको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिए । उनले आयोजनाको समष्टिगत कार्य योजना मुताविकका ११ वटा क्लष्टर अन्तर्गतका १३ वटा निर्माण प्याकेजहरु मध्ये १ देखि ७ नम्बर सम्मका प्याकेजहरु निर्माणाधिन अवस्थामा रहेका जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै द्रुतमार्गको सिस्नेरी तथा मख्खुबेंसी खण्ड अन्तर्गत पर्ने प्योकेज नम्बर ८क, ९क र ९खको द्रुतमार्गको मख्खुबेंसी तथा सिस्नेरी खण्डको प्याकेज नम्बर ८क, ९क र ९खको २०८० साल भाद्र १३ गते बोलपत्र खोलुवा भई मूल्यांकन भइहेको जनाइएको छ । त्यसैगरी द्रुतमार्गको मख्खुबेंसी तथा महादेवटार खण्डमा पर्ने प्याकेज नम्बर ८ ख र १० को २०८० साल भाद्र १ गते बोलपत्र आव्हान भएको छ ।

    images
    images
    images

    प्रमुख शाहका अनुसार आयोजनाको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको छ । उनले आयोजनाको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकामा द्रुतमार्गको शुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धि निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया शुरु गर्नेगरी तयारी अवस्थामा रहेको पनि जानकारी दिए ।

    उनले हालसम्म निर्माणाधिन तीन वटा सुरुङ्गमार्गहरुको जम्मा लम्बाई ६.४१५ किलोमिटरमध्ये २.६६७ किलोमिटर सुरुङ्ग निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । जुन प्रतिशतमा ४१.५७ प्रतिशत हुन आउँछ । जस अनुसार महादेवटार सुरुङ्गमार्गको जम्मा लम्बाई ३.३५५ किलोमिटरमध्ये हालसम्म १.३८७ किलोमिटर, धेद्रे सुरुङगमार्गको जम्मा लम्बाई १.६३ किलोमिटरमध्ये हालसम्म ६१९ मिटर र लेनडाँडा सुरुङगमार्गको जम्मा लम्बाई १.४३ किलोमिटरमध्ये हालसम्म ६६१ मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।

    प्रमुख शाहका अनुसार हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ५ सम्मका ४५ वटा पुलहरुको डिजाइन सम्पन्न भइसकेका १ हजार ७ सय ६८ वटा पाइलहरुमध्ये १ हजार ५३ वटा पाइलको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

    उनले आयोजना निर्माणका लागि जम्मा १५ हजार ४ सय १६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने र जसमध्ये सरकारी जग्गा १० हजार २ सय ४४ तथा व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी रहेको उल्लेख गरे । व्यक्तिगत जग्गामध्ये हालसम्म ४ हजार ७ सय ६६ रोपनी जग्गा अधिग्रहण भइरहेको र ४०६ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको उन्ले स्पष्ट पारे । उनले स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम कटान गर्नुपर्ने ३८ हजार ६ सय ६४ वटा रुखहरुमध्ये हालसम्म २८ हजार ६ सय ४६ वटा रुखहरु कटान भएको र बाँकी १० हजार १८ वटा रुखहरु कटान गर्ने प्रक्रियामा रहेको बताए  ।

    काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना प्रमुख शाहका अनुसार कटान गरिएका रुखहरुको बदलामा १ अनुपात २५ का दरले ७ लाख १६ हजार १ सय ५० बिरुवाहरु रोप्नुपर्नेमा हालसम्म जम्मा ५३७ हेक्टरमा ६ लाख ४३ हजार ६ सय ९५ बिरुवा रोपिएको छ ।

    प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाई ७०.९७७ किलोमिटर रहेको छ । मिति २०७४ जेठ १४ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढमा शिल्यानास गरी निर्माण कार्य प्रारम्भ भएको यस आयोजनाको २०८० साल श्रावण ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित डिपिआर बमोजिम २०८३ साल चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    यस आयोजनाको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । नेपाली सेनालाई आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी दिएपछि आ.व.२०७९÷८०सम्म कुल ४९.२३ अर्ब खर्च भएको प्रमुख शाहले जानकारी दिए । चालु आर्थिक वर्षमा आयोजनालाई २२ अर्ब ५१ करोड रुपैयाँ विनियोजन भएको उनले स्पष्ट पारे । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली सेना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।