Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकीका मुख्यमन्त्री र यूएनडीपीका  आवाशिय प्रतिनिधि विच कागवेनीको विषयमा छलफल

गण्डकीका मुख्यमन्त्री र यूएनडीपीका  आवाशिय प्रतिनिधि विच कागवेनीको विषयमा छलफल

images
  • गण्डकीका मुख्यमन्त्री र यूएनडीपीका  आवाशिय प्रतिनिधि विच कागवेनीको विषयमा छलफल
    images
    images

    राजेश  पराजुली, पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे विच मुस्ताङको कागवेनी पुन निर्माण र पुर्नस्थापनाका विषयमा छलफल भएको छ ।

    images
    images
    images


    बिहिवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले साउन २८ गतेको बाढीले कागवेनीमा ठुलो क्षती पुगेको, स्थानीयले अहिलेपनि सास्ती भोग्नुपरेको, ब्यक्तिगत, सामुदायिक सरकारी संरचनाहरु ध्वस्त भएको बताउँदै सहयोगकालागि यूएनडीपीको ध्यानाकर्षण गराएका हुन् । प्रदेश सरकारको सिमित स्रोत र साधनका विच पुन निर्माणका सबै काम तत्काल पुरा गर्न सहज नभएकाले दातृ निकायहरुले सरकारको योजना अनुसार सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए ।

    images
    images
    images


    गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम अनुसारका योजनालाई प्राथमिकता दिन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश भित्रको बसाईसराइ रोक्न उत्पादनमुखी कार्यक्रमा सहयोग गर्न सुझाब दिए । साना तथा मझौला उद्योगको स्थापना गरि रोजगारीको अवसर सिर्जना गर्दै युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रममा जोड दिन मुख्यमन्त्री पाण्डेले यूएनडीपीलाई सुझाव दिए ।

    images
    images
    images


    यूएनडीपीका नेपाल प्रमुख मिशा ने मेदागंगोडा लाबे ले गण्डकी प्रदेश भित्र संचालित परियोजनाको बारेमा जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम संचालन गरिने बताईन । प्रदेश सरकारको प्राथमिकतालाई ध्यान दिएर सहयोग गरिने बताउँदै उनले कागवेनीको पुन निर्माण र पुर्नस्थापनामा  प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताईन ।


    फोहोरमैला ब्यवस्थापन, जलवायु परिर्वतन संम्बन्धी कार्यक्रम अगाढी बढाउन चाहेको बताउँदै उनले  कालिगण्डकी करिडोरमा जीवनयापन तथा आय आर्जन सम्ंबन्धी कार्यक्रम सुरुवात गर्ने, हिमताल संम्बन्धी अध्ययन अनुसन्धान को अघि बढिरहेको बताईन ।


    भेटघाटमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले विपद् जोखिम ब्यवस्थापन तथा भू उपयोग नीति निर्माणमा प्रदेश सरकारलाई सहयोगको खाँचो रहेको बताए ।


    प्रदेश भित्र अनुगमन तथा मूल्याङ्कन प्रणालीको बिकास गरि आयोजनाको प्रभावकारी अध्ययन, तथ्याङ्क ब्यवस्थापन र अध्ययन अनुसन्धान, स्थानीय शुसासन र योजना तर्जुमामा प्रदेश सरकासँग सहकार्य गरि अघि बढ्नुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।