१. दाजुभाइको शत्रुताले स्वाहा भयो एक निर्दोष परिवार !
काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ । सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र राई नै सो घटनामा संलग्न हुन सक्छन् ।
घटनापछि दीपेन्द्र ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए । सःमिलमा काम गर्ने मोरङ बेलबारीका अन्दाजी २० वर्षका नवीन राईलाई दीपेन्द्रले कुटपिट गरेपछि छुट्याउने क्रममा त्यहीँ कार्यरत दोलखाका ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी ५२ वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीया सुभद्रा भुजेलले अनाहकमा ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेकाले सत्यतथ्य बाहिर आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले दिएको जानकारीअनुसार नवीन राई र दीपेन्द्र राई नातामा दाजुभाइ हुन् । नवीन दीपेन्द्रका ठुला बुवा पर्नेका छोरा हुन् । नवीनका बुबाले पनि सो मिलमा लामो समय काम गरेका थिए । बुबाकै कारण नवीन त्यहाँ काम गर्न आइपुगेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखसमेत रहेका एसएसपी सोमेन्द्रसिंह राठौरले घटनाबारे अनुसन्धान चलिरहेको बताउँदै अहिलेसम्म कुनै प्रगति नभएको जानकारी दिए । ‘हामी अनुसन्धान गरिरहेका छौं, केही आशंकित मानिसलाई ल्याएर सोधपुछ गरिरहेका छौं,’ उनले भने । प्रहरीले शनिबार दिनभरिमा करिब १०र१२ जनालाई बोलाएर सोधपुछ गरेको थियो । घटनाको अनुसन्धान गर्ने जिम्मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पाएको छ ।
शुक्रबार दिनभर साथीहरूसँग स्नुकर खेलेका दीपेन्द्र साँझ ८ बजेतिर मिलमा रहेका दीपेन्द्रको कोठामा पुगेका थिए । ‘तीनकुनेकै एउटा स्नुकर हाउसमा दीपेन्द्रले दिनभर साथीहरूसँग स्नुकर खेलेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो । साँझ मिलमै रहेको नवीनको कोठामा पुग्दा उनी नशाले मात्तिएको अवस्थामा थिए । त्यहीबेला उनीहरूबीच झगडा परेको र उनीहरूको झगडा छुट्याउन आउँदा भुजेल दम्पतीमाथि आक्रमण भएको हुन सक्ने प्रहरीको आशंका छ । दीपेन्द्रसँगै अरू साथीहरू पनि भएकाले प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।
यो समाचार नागरिक दैनिकमा छ ।
२. उपाध्यक्ष डा. लामा र थाई फुङ थाई प्रमुखबीच भेटवार्ता : मायादेवी मन्दिरको 'रिडिजाइन' हुने
लुम्बिनीको मायादेवी मन्दिर पुननिर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको थाई फुङ थाईले पुनः डिजाइनको लागि युनेस्कोको पुरातत्व विभागको स्वीकृत डिजाइन अनुसार निर्माणमा सहयोग गर्न तयार प्रतिवद्धता व्यक्त गरेको छ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा र उक्त संस्थाको प्रमुख खुनयिङ सुदारतसँग बैंककको भेट तथा छलफलमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । फुङ थाईकाको प्रतिबद्धताबाट लुम्बिनीको विकासमा थप टेवा मिल्ने भन्दै उक्त प्रतिबद्धताबाट आफूहरु उत्साहित भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
लुम्बिनीस्थित राजकीय थाई विहारको प्रमुख फ्रा चखुन बोधिविदेशको समेत उपस्थितिमा भएको छलफल कार्यक्रममा लुम्विनी मायादेवी मन्दिरमा देखिएको हालको समस्या मर्मत सम्भार गरेर मात्र समाधान नहुने भएकाले पुनः डिजाइन गर्न पर्ने जोड दिएका थिए।
मायादेवी मन्दिरको पुन डिजाइन तथा पुनर्निर्माणको लागि आवश्यक प्रकृया अगाडि बढाउन यस अघि लुम्विनी विकास कार्यसमितिको बैठकले निर्णय गरेको थियो।
कोषको सचिवालय बैठकले बुद्धको पवित्र जन्मस्थल मायादेवि मन्दिरमा आएका विविध् समस्याहरू समाधान गर्नका लागि नेपाल सरकारको सहयोग विना दाताहरूको सहयोगमा कोष स्थापना गर्ने गरी कार्यकारिणी वा परिषद् बैठकमा प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो
मन्दिरको जीर्णोद्वारका लागि सुरुवाती कोष स्थापनाका लागि नवनियुक्त उपाध्यक्ष लामाले ७ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।
३. अहिले सरकार परिवर्तन सम्भावना छैन : शशाङ्क कोइराला
नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन्।
आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन्।
उनले भने, “मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ।” सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए। पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ थियो।
विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले ‘प्रचण्ड’ साधारण व्यक्ति नभएको उनको भनाइ छ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले जिकिर गरे।
सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उनले अब काँग्रेस एक्लै हिँड्नुपर्ने बताए। उनले भने, “काँग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो”, उनले भने, “मेरो दृष्टिकोणमा काँग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो।”
सच्चा काँग्रेस एक भएर लाग्नुपर्ने समय आएको उनको भनाइ थियो। “इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको काँग्रेस एक्लै अघि बढ्नुपर्छ”, उनले भने।
पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उनको आरोप छ। अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने उनले बताए। विचार राम्रो भए पनि कार्यशैलीमा परिवर्तन भए पार्टी एक्लै अघि बढ्न सक्ने उनको तर्क थियो।
४. आश्रममा आश्रितलाई माओवादी केन्द्रले खुवायो तीजको दर
महिलाहरुको पर्व हरितालिका (तीज)को अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितीको संयोजनमा मानव सेवा आश्रममा ( बुटवल सुख्खानगर) आश्रितहरुलाई दर खुवाइएकोछ ।
आश्रमका ४० भन्दा बढी महिला तथा बालबालिकालाई दर खुवाइएको अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।
माओवादी केन्द्रले शुरु गरेको विशेष रुपान्तरण अभियान कै दौरानमा रचनात्मक कार्यक्रम अन्तरगत आश्रममा सहयोग गरेको उनले बताए। "माइती हुने चेलीबेटी माइतमा दर खान जानु होला । घरबार बिहिनहरु कहाँ जाने ? पार्टी अभिभावक बन्न पर्छ भनेर सानो कोशेली स्वरूप दर खुवाएका हौं ।" उनले भने - "घरबारबिहिनहरुको संरक्षणको दायित्व सबैको हो भन्ने सन्देश दिन मात्र खोजिएको हो ।"
पुर्ब मन्त्री समेत रहेका अध्यक्ष बरालले घरबार बिहिनको संरक्षणको पुर्ण दायित्व सरकारको रहने र मन्त्री हुँदा आश्रमको स्थायित्वको लागि काम सुरु गरेको स्मरण गरे ।
आश्रममा बिहान एक छाक दर खुवाउनुको साथै आर्थिक सहयोग पनि गरेको कोषाध्यक्ष निर्दोश अलिले जानकारी दिए ।
पार्टी समितिको संयोजनमा गरिएको कार्यक्रममा माओवादी केन्द्र रुपन्देहीका नेताहरू नारायण जिसि निर्मल, रिज्जु श्रेष्ठ, महेन्द्र भुसाल, लाल बहादुर थापा लगायतको उपस्थित रहेको थियो ।
आश्रमको रुपन्देही जिल्ला संयोजक टीका थापाले तिजमा सम्झिएर दर खुवाउन आएकोमा धन्यवाद दिइन । रुपन्देहीको मणिग्राम पश्चिम पहुनीको आश्रममा १६० जना र बुटवल सुख्खानगर आश्रममा ४० जना गरि रुपन्देहीको आश्रममा २ सय जनाले आश्रय लिएरहेका छ्न । बुटवल आश्रममा महिला र बालबालिका रहेका छ्न ।
५. टर्कीद्वारा पीकेके लक्षित दुई हवाई आक्रमण
सेनाले उत्तरी इराकमा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लक्षित दुई हवाई आक्रमण गरेको छ । प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का नेताहरु लुकेको स्थानलाई लक्षित गरी आक्रमण गरिएको हो । जुन ३१ ठाउँमा रहेको बताइएको छ ।
गुफा, केही घरहरु मुख्य लक्ष्य राखिएको बताइएको छ । टर्कीका सुरक्षा बलहरु प्रायः उत्तरी इराकमा सीमापार कारबाही अभियानमा लागेका छन् ।यो क्षेत्र लडाकुहरु लुक्ने ठाउँ रहेको बताइएको छ । जहाँबाट उनीहरु टर्कीबिरुद्ध आक्रमण गर्दछन् ।
६. विद्युत उत्पादनमा निजी क्षेत्रको भुमिका कमजोर बनाउने प्रावधान सच्याउन इप्पानको माग
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले सरकारले संसदमा पेश गरेको विद्युत विधेयक,२०८० मा विद्युत उत्पादनमा निजी क्षेत्रको भुमिका कमजोर पार्ने प्रावधानहरु रहेको भन्दै सच्याउन माग गरेको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गदै इप्पानले सरकारले संसदमा पेश गरेको विद्युत सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्युत विद्येयक,२०८० मा विद्युत उत्पादनमा निजी क्षेत्रको भुमिका कमजोर बनाउने खालका ऐनहरु संशोधन गर्न सरकारसँग माग गरेको हो । इप्पानले सरकारले संसदमा पेश गरेको विद्युत विद्येयक,२०८०मा विद्युत उत्पादनमा निजी क्षेत्रको भुमिका कमजोर पार्ने खालका प्रावधानहरु रहेको आरोप लगाएको छ । इप्पानले विद्युत विधेयक, २०८० को परिच्छेद–६, दफा ३१ को उपदफा १, २, ३ र ४ ले विद्युत वितरण तथा ग्राहक सेवाको अनुमतिपत्र जारी गर्ने विषयको भने स्वागत गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले विद्युत विधेयक २०८० आउँदा निजी क्षेत्रलाई विद्युत व्यापारको ढोका खोल्ने र विद्युत उत्पादनमा जसरी नै विद्युत निर्यातमा बिटुबी निर्यात गर्न सकिने बताए । उनले सरकारले विद्युत विधेयक ल्याउँदा संघीयताको मर्म अनुसारका सिद्धान्त अवलम्वन गर्दै विद्युत ऐन, २०४९ मा रहेका सकारात्मक पक्षको निरन्तरता र कमजोरीहरुको निराकरण गर्ने अभिप्रायले ल्याउन आवश्यक रहेको बताए । उनले नेपालमा ऊर्जा उत्पादनमा निजी क्षेत्रले प्रवेश पाएको तीन दशकको अवधिमा लगभग ७० प्रतिशत हिस्सा पु¥याउन सफल निजी ऊर्जा उत्पादकहरुलाई सरकारले एकपटक पनि औपचारिक छलफल नगरी विधेयक ल्याएको बताए । उनले विद्युत विधेयक, २०८० विद्युत उत्पादन अनुमति पत्रको अवधि यो ऐन जारी हुनुभन्दा अगाडि अवधि तोकी जारी भएका अनुमति पत्रको हकमा सोही अनुमति पत्रमा उल्लेखित अवधि भन्ने व्यवस्थाको सट्टा विद्युत ऐन, २०८० जारी भएपश्चात विद्युत ऐन, २०४९ अनुसार जारी गरिएका सम्पूर्ण अनुमतिपत्रहरु विद्युत ऐन, २०८० अनुसार नै लागू हुने व्यवस्था गर्न माग गरे । महासचिव खतिवडाले विद्युत ऐन, २०४९ सालको आधारमा अनुमति पत्र लिएका हौँ र हाम्रो अनुमति पत्रको शर्तमा नै अनुमति पत्रको म्याद सकिनु एक वर्ष अगाडि ऐन अनुसार म्याद थपको प्रकृया अगाडि बढाउनुपर्ने भएकाले यस्तो व्यवस्था गर्नुपर्ने बताए ।
उनले आर्थिक आधारमा निःशुल्क दिइने शेयर, निःशुल्क दिइने विद्युत ऊर्जा, अग्रिम रुपमा एकमुस्ट बुझाउन कबुल गरेको रकम, वार्षिक किस्ताबन्दी रुपमा बुझाउन कबोल गरेको रकम र विद्युतको महशुल दरका अधारमा प्रतिष्पर्धाबाट अनुमतिपत्र दिने भन्ने व्यवस्था हटाई सबैलाई समान ढंगले प्रतिष्पर्धाको वातावरण बनाउन माग गरे । उनले निजी क्षेत्र आफँैले जलविद्युत आयोजनाको पहिचान तथा विकास गर्न सक्ने भुमिका थप गर्न माग गरे । उनले आयोजना निर्माण अगाडि सरकारलाई रकम र सुविधा दिँदा जलविद्युतको उत्पादन लागत महंगो भएर अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी गर्न नसक्ने ,स्वदेशी उपभोक्तालाई समेत विद्युत महंगो हुने र महँगो विद्युतको कारण नेपाली उद्योगले प्रतिष्पर्धी क्षमता गुमाउने दाबी गरे । उनले विद्येयकमा व्यवस्था भएको विद्युत उत्पादन अनुमति पत्रको अवधि जलश्रोत बाहेक अन्य प्रकृतिका विद्युत आयोजनाको हकमा पच्चिस वर्ष भन्ने व्यवस्थालाई संशोधन गरी ३५ वर्ष राख्न माग गरे । इप्पानले निजी क्षेत्र आफैँले जलविद्युत आयोजनाको पहिचान तथा विकास गर्नसक्ने भुमिका थप गर्न माग गरेको छ ।
इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत प्राधिकरणको अहिलेकै जनशक्तिले धेरै विद्युत आयोजनाहरुको अध्ययन र डिजाइन गरेर समयमा जलविद्युत आयोजनाको पहिचान तथा विकास गर्न नसक्ने बताए । उनले निजी क्षेत्र आफैँले आयोजनाहरुको पहिचान गरी निर्माण गर्दा कति रकमसम्म बनाउन सकिन्छ भन्ने एकिन गर्न सकिने भएकाले जलविद्युत आयोजनाहरुको निजी क्षेत्र आफैँले पहिचान गरी विकास गर्न पाउने व्यवस्थाको माग गरिएको बताए । उनले पाँच वर्षसम्म पीपीए नभएको तर अगाडिदेखि लाइसेन्स लिएर बसेकाको पनि पाँच वर्ष पूरा भएका आयोजनाहरु अगाडि बढ्न नसकेको बताए । उनले सरकारले जलविद्युत उत्पादनको लागि पहिचान गर्दा राम्रा–राम्रा आयोजनाहरु आफैँ राख्ने र आर्थिक स्रोत सुनिश्चितता नभएका आयोजनाहरु मात्रै निजी क्षेत्रसँग टेण्डर गर्न खोजेको आरोप लगाए । उनले जलविद्युत उत्पादनको लागि सरकारी र निजी क्षेत्र दुवैलाई प्रतिष्पर्धाबाट गर्न माग गरे ।
इप्पानल सरकारले सुपर–६ आयोजनाहरु प्रतिष्पर्धाबाट निजी क्षेत्रलाई दिएको अभ्यासलाई हेर्दा प्रतिष्पर्धा गराउँदा मात्र विद्युत उत्पादन छिटो हुन्छ भन्ने मान्यता गलत सावित भएको बताएको छ । विद्युत उत्पादनमा खुल्ला प्रवेशको व्यवस्थाका कारणले निजी क्षेत्रले २५ वर्षमा गरेको योगदानका कारणले देश वर्षायाममा विद्युत निर्यात गर्ने अवस्थामा पुगेको बताएको छ । विद्युत १५ वर्षपछिको रोयल्टी जडित क्षमतामा प्रतिकिलोवाट १ हजारमा २ सय रुपैयाँ वृद्धि गरेर १२ सय र प्रतियुनिट सरदर बिक्री मूल्यको १० प्रतिशतमा २ प्रतिशत वृद्धि गरेर १२ प्रतिशत पु¥याएको भन्दै साना अयोजनाहरुको सन्दर्भमा अहिलेको रोयल्टी घटाउन र ठूला आयोजनाहरुको हकमा साविक अनुसार गर्न माग गरेको छ । विद्युत उत्पादनको सर्भेक्षण अनुमति पत्र दिएका स्वदेशमा विद्युत खपतहुने आयोजनाको हकमा विद्युत वितरण संस्थाले खरिद दरमा प्रतिष्पर्धा गराई विद्युत खरिद गर्नुपर्नेछ भन्ने व्यवस्था संसोधनको लागि माग गरेको छ ।
७. चिकित्सकमाथि कुटपिट भएको बिरोधमा आकस्मिक बाहेकका सेवा बन्द
थि कुटपिट भएको घटनाका दोषीलाई कारबाही माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।
उनीहरुले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् । अस्पतालको सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरु मर्कामा परेका छन् । चिकित्सक संघको आह्वानमा आईतवार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ । आन्दोलनमा उत्रिएका चिकित्सकहरुले देशमा कानूनी राज्य हुनुपर्ने बताए । आन्दोलनका क्रममा बोल्दै डा. शेषराज घिमिरेले बिरामी बचाउनेहरुमाथि कुटपिट गर्दा सरकार मुकदर्शक बनेको आरोप लगाए ।
हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारी ड्युटीमा रहेको अवस्थामा कुटिएको बिरोधमा संघका आह्वानमा आईतवार अस्पताल बन्द गरिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology