Logo

२०८३, आश्विन १२गते


images
images

सेतोमसी हाईलाइट

आज दिनभरीका १२ समाचार 

आज दिनभरीका १२ समाचार 

images
  • आज दिनभरीका १२ समाचार 
    images
    images

    १. नेपालको सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको छः गृहमन्त्री 

    images
    images
    images

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन । शनिवार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताए । 

    images
    images
    images

    २. पोखरा विमानस्थलबाट दोस्रो पटक चार्टर उडान : ४२ युरोपेली पर्यटकसहित थिम्पु प्रस्थान

    images
    images
    images

    पोखरा विमानस्थलबाट पुनःअन्तर्राष्ट्रिय उडान भएको छ ।  शनिवार बिहान पहिलोपटक भूटानको डु«क एअरले व्यावसायिक उडान भरेको हो । भूटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिवार बिहान पौने ७ बजे पोखरा ओर्लिएको ड्रुकले ४२ युरोपेली पर्यटक बोकेर आज बिहान सवा ८ बजे थिम्पु फर्किएको हो । भारत, नेपाल र भूटान घुम्ने गरी आएका युरोपेली पर्यटक ड्रुक एअर चार्टर गरी थिम्पु गएका हुन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एअरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरेका थिए । पर्यटकलाई स्वागत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारकर्मीहरुसँग कुरा गर्दै गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापाले भारतसँगको रुटबारे केही समस्या भएकाले छलफल भइरहेको बताए ।

    ३. सकेसम्म कोशीमा मध्यावधि निर्वाचन गर्नुहुँदैनः अध्यक्ष नेपाल 

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताए। उनले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भएपनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभइ मिलेर सरकार बनाउनुपर्ने धारणा व्यक्त गरे । 

    ४. चीनमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरु फेला

    उत्तरपश्चिम चीनको ग्रान्स प्रान्तस्थित किलियन माउण्टेन नेशनल नेचर रिजर्भमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरु फेला परेका छन् । सेतो ओठ भएको हरिण पहिलो श्रेणीको राष्ट्रिय सुरक्षा अन्तर्गत पर्दछ । यो प्रजाति ३ हजार देखि ५ हजार मिटरसम्मको उचाईमा बस्छ । यो मुख्यतया छिङहाई तिब्बत पठार र त्यस वरपरका क्षेत्रमा उच्च स्थानका घाँसे मैदानहरुमा पाइन्छ । यसलाई प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन) ले लोपोन्मुख जनावरमा राखेको छ । 

    ५. भारतको दिल्लीमा जि २० सम्मेलन शुरु

    आजबाट जि २० सम्मेलन भारतको दिल्लीमा शुरु भएको छ । जि २० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरु कार्यक्रममा रहनुभएको छ । जि २० सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा छन् । २० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् । जि २० मा १९ देश र एउटा युरोपीयन संघ आवद्ध छन् । अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, प्रmान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अप्रिmका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका रहेका छन् । सो अवसरमा कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जि २० देशका अन्य सदस्यहरुलाई स्वागत गरेका छन् । 

    ६. मोरक्कोमा शक्तिशाली भूकम्पः २९६ जनाको मृत्यु

    मोरक्कोमा शुक्रवार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या २९६ पुगेको छ । मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ केन्द्रबिन्दु पारेर गएको भूकम्प शुरुमा ३१.११ डिग्रि उत्तर अक्षांश र ८.४४ डिग्रि पश्चिम देशान्तरमा र माराकेसको लगभग ७० किलोमिटर दक्षिणपश्चिम केन्द्रबिन्दु पारेर गएको बताइएको छ । भूकम्पपछि उत्तरी मोरक्कोको फेस शहरका बासिन्दाहरु सम्भावित पराकम्पहरुको चिन्तामा छन् । कतिपय मानिस घर छोडेर सडकमा निस्किएका छन् । रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै शहरहरुमा भुक्म्पको धक्का महशुस गरिएको थियो । तरौडान्ट र माराकेस शहरहरुमा भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् । 

    ७. हङकङमा १८८४ पछिकै अत्याधिक वर्षा, जनजीवन प्रभावित

    हङकङमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ । हङकङ अब्जर्भेटरी (एचकेओ) ले बिहीवार रातिदेखि हङकङका अधिकांश भागमा ७० मिलिमिटरभन्दा बढी वर्षा भएको र नयाँ क्षेत्रको उत्तरपूर्वी भाग र हङकङ टापुको काउलुनमा पनि दुई सय मिलिमिटर भन्दा बढी पानी रेकर्ड गरिएको छ । अब्जर्भेटरी मुख्यालयले राति ११ बजेको बीचमा प्रतिघण्टा १५८.१ मिलिमिटर वर्ष रेकर्ड गरेको छ । हङकङमा यो १८८४ पछिकै अत्याधिक वर्षा हो । 

    ८. महिलाद्वारा उत्पादित सामग्री विदेश निर्यात गर्ने व्यवस्था गर्न सरकारसँग महिला उद्यमीहरुको माग

    महिलाद्वारा उत्पादित सामग्री प्रवद्र्धन गरी विदेश निर्यात गर्ने व्यवस्था गर्न महिला उद्यमीहरुले सरकारसँग माग गरेका छन् । कोभिड महामारीपछि महिला उद्यमी मेलामा नेपालमा नै उत्पादित सामग्रीहरु प्रदर्शनमा बसेका महिला उद्यमीहरुले सरकारसँग यस्तो माग गरेका हुन् । महिला उद्यमीहरुले कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुले बजार पाउन नसकिरहेको भन्दै सरकारले विदेश निर्यात गर्ने वातावतरण सिर्जना गर्न आवश्यक रहेको बताए । उनीहरुले सरकारले नेपाली कच्चा पदार्थबाट निर्मित नेपाली ब्राण्डलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरे ।

     
    ९. पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु : डेमोस्ट्रेसनका रुपमा ९ हजार आठ सय जना किशोरीलाई एचपिभि खोप लगाइने  

    आगामी भदौ २७  गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोग बिरुद्धको २० हजार मात्रा एच.पि.भि. खोप लगाउन लागेको जानकारी दिएको हो । विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले हाल उपलब्ध भएको एचपिभि खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने बताए । उनले एच.पि.भि. खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने बताए  । यो खोप यौन सम्पर्क हुने उमेर भन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ । पहिलो मात्रा खोप लगाउँदा उमेर खुल्ने आधिकारिक प्रमाण, दोस्रो मात्राको हकमा पहिलो मात्रा लगाएको खोप कार्ड आवश्यक पर्ने बताईएको छ ।
     
    १०. गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव ¥याली 

    गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव ¥याली निकालिएको छ । वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिवार काठमाडौंको माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव ¥याली निकालिएको हो । ¥यालीमा सहभागी भएकाहरुले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी लगाएका थिए । उनीहरुले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए ।


    ११. मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील छन्ः ओली

    नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील रहेको बताएका छन्  । 

    जात÷जात, वडा÷वडा, पालिका÷पालिका मिलेर बसेको देख्न नसक्नेहरुले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाई थियो । तिजको अवसर पारेर पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चाडपर्वहरुसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद् नभएको बताए । 

    १२. यस वर्षको तिजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वको रुपमा मनाऔं : मन्त्री देवी

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले यस वर्षको हरितालिका तिजलाई सामाजिक सदभाव कायम राख्ने गरी मनाउन आग्रह गरेकी छन् । 

    आगामी असोज १ गतेको हरितालिजा तिज पर्वलाई मध्यनजर गर्दै उहाँले तिजको मौलिकता र सामाजिक सद्भावलाई ख्याल गर्दै सो पर्व मनाउन सबै नारीहरुलाई आग्रह गरेकी हुन् । शनिवार काठमाडौंमा आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री देवीले देश र जनताका लागि योगदान दिने नारीहरुलाई सम्मान गर्ने कार्यलाई असल कार्यको संज्ञा दिँदै त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यक्ता पनि औंल्याइन। 
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।