Logo

२०८३, श्रावण ३०गते


images
images

चार पटक प्रधानमन्त्री भइसकेका देउवाको पनि ढङ्ग छैनः रवीन्द्र मिश्र

चार पटक प्रधानमन्त्री भइसकेका देउवाको पनि ढङ्ग छैनः रवीन्द्र मिश्र

images
  • चार पटक  प्रधानमन्त्री भइसकेका देउवाको पनि ढङ्ग छैनः रवीन्द्र मिश्र
    images
    images

    काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री शेरबहादुर देउवाको ढङ्ग नभएको टिप्पणी गरेका छन् । उनले अन्तर्राष्ट्रिय कुटनीतिमा चार पटक प्रधानमन्त्री भइसकेका देउवाको पनि ढङ्ग नभएको भन्दै नेताहरुको आलोचना गरेका हुन् ।

    images
    images
    images

    मिश्रले लेखेका छन्ः नयाँ प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्तै बधाई मात्र होइन भ्रमणको निम्ता समेत आउँथ्यो। अब नेपाल यति हलुका बनिसक्यो कि राजदूतले ट्विटरमा या सरासर घरमा गएर बधाई दिए हुने भयो। नहोस् पनि कसरी?

    images
    images
    images

    जुन देशका प्रधानमन्त्रीलाई विदेशी गुप्तचर निकायका प्रमुख आएर मध्यरातमा थर्काउँछन्, भुतपूर्व प्रधानमन्त्रीहरू विदेशी कुटनितिज्ञलाई भेट्न होटेलमा लाइन लागेर उभिन्छन्, नेताहरू देशमा संकट पर्यो कि दिनदाहडै विदेशी दुतावास धाउँछन्, विदेशी राजदूतहरू नेताका घरघर पुग्छन्, अन्तराष्ट्रिय कुटनीतिमा तिनको सम्मान हुनै सक्दैन।

    images
    images
    images

    जसको इज्जत हुन्छ, त्यसलाई मात्र इज्जत गरिन्छ। यी नेताले यो देशको हुर्मत यति लिए कि त्यसलाई पुनर्स्थापना गर्न हम्मेहम्मे पर्नेछ। चार पटक पहिल्यै प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाको त ढङ्ग छैन। अरुको के कुरा गर्नु!

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।