Logo

२०८३, श्रावण ३०गते


images
images

छोरीमात्र जन्माउनेलाई वडा कार्यालयले ५० हजार दिने

छोरीमात्र जन्माउनेलाई वडा कार्यालयले ५० हजार दिने

images
  • छोरीमात्र जन्माउनेलाई वडा कार्यालयले ५० हजार दिने
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ ले मातहतका विद्यालयहरुमा शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग गर्ने भएको छ । नेपालकै नमूना विद्यालयमध्येमा पर्ने शितलादेवी सामुदायिक स्कुल, अमरसिंह उच्च माविलगायतमा आइसिटी कक्षाको रुपमा विकास गर्ने भएको छ भने विद्यालयहरुमा इन्टरनेट निशुल्क गर्ने भएको छ ।

    images
    images
    images

    विद्यालयहरुमा प्राविधिक क्षेत्रमा अध्ययन गर्नेलाई प्रोत्साहन र विद्यालयहरुमा डिजिटल कक्षाको विकास गर्दै आइटी पढ्ने विद्यार्थीलाई पनि वडाले नै निशुल्क इन्टरनेटको व्यवस्था गर्ने भएको हो । वडाले नीति तथा कार्यक्रममै समावेस गराएर प्राविधिक शिक्षा पढ्नेलाई प्रोत्सहन र विद्यालयहरुलाई डिजिटल बनाउँदै पूर्वाधार सुधारमासमेत जोड दिइएको अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

    images
    images
    images

    वडाले सबैजसो विद्यालयमा कम्तिमा हप्तामा १ दिन जीवनोपयोगी शिक्षा प्रदान गर्ने नीति लिएको छ । कम्तिमा हप्ताको एक दिन घरायसी कामदेखि जिम्मेवारी सिकाउनेसम्मका शिक्षा दिने गरी योजना अगाडि बढाइएको अध्यक्ष बास्तोलाले बताए ।

    images
    images
    images

    छोराछोरीबीच समानता ल्याउन र समाजमा वंश धान्ने नाममा छोरै चाहिन्छ भन्ने मान्यता हटाउन पोखरा–१२ मा छोरीमात्र पाउने दम्पतिलाई ५० हजार रुपैयाँ दिने कार्यक्रम ल्याएको छ । २ वटासम्म छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतिलाई ५० हजार रुपैयाँ वडाले दिने नीति लिइएको अध्यक्ष बास्तोलाले जानकारी दिए । अझै पनिसमाजमा रहेको असमानता रोक्नुपर्छ भनेर २ वटासम्म छोरी पाएर परिवार नियोजन गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएको बास्तोलाले बताए ।

    अपांगता भएका व्यक्तिहरुका लागि उपचार गर्न निशुल्क सवारी साधनको व्यवस्थासमेत वडाले गर्ने भएको छ । अपांगता भएका व्यक्तिलाई सहजताका लागि स्वास्थ्य संस्थामा पुगेर उपचार गराएर फर्किँदाको सवारी साधन  वडाले नै गर्न लागेको बास्तोलाले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छोरी
  • # वडा कार्यालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।