कविता : छोरी
किन मेरी छोरी
एकाएक म संग बोल्नै छाडी?
हिजोसम्म त ऊ
मेरो समिप नपरी कहाँ बस्न सक्थी र !
मेरो बोली नसुनी कहाँ निदाउन सक्थी र !
म संगै बसेर नखाई कहाँ अघाउन सक्थी र !
हँ !
के भयो उसलाई?
कुनै मानसिक रोगीझै
मेरी किशोरी छोरी
कान्तिविहिन र विक्षिप्त देखिन्छे ।
बुझ्दै जाँदा थाहा पाँए
उसले भर्खरै सुनिछे हिजोको घटना
‘बाबुद्धारा छोरी बलात्कृत’ ।
- विनोद उदय, देवदह
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology