Logo

२०८३, आश्विन १२गते


images
images

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि भूकम्पको झड्का महसुस

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि भूकम्पको झड्का महसुस

images
  • बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि भूकम्पको झड्का महसुस
    images
    images

    बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ।

    images
    images
    images

    ‍राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड र राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो।

    images
    images
    images

    मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि आजसम्म दर्जनौं पराकम्प महशुस भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।

    images
    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार ३:०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर ६.३ रेक्टरस्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

    यस्तै ४:२८ बजे तालकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युड, ४:३१ बजे सुवेडा केन्द्रविन्दू भएर ४.३ म्याग्निच्युड, ५:१९ बजे सेली केन्द्रविन्दु भएर ५ म्याग्निच्युड र ५:३८ बजे दामेना केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको थियो।

    सोहीराति १२:१६ बजे दामेना केन्द्रविन्दू भएर ४.१ म्याग्निच्युड, १२:५० बजे तालकोट केन्द्रविन्दु भएर ४.३ र आज बिहान ५:४३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको गएको थियो।

    केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारीले नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुन पनि बेला भूकम्प जानसक्ने बताए।

    ‘विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ,’ उनले भने यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो।

    उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।