Logo

२०८३, श्रावण ३०गते


images
images

जानकारी नदिई मूल्य घटाएको भन्दै पम्पहरूले रोके पेट्रोल बिक्री

जानकारी नदिई मूल्य घटाएको भन्दै पम्पहरूले रोके पेट्रोल बिक्री

images
  • जानकारी नदिई मूल्य घटाएको भन्दै पम्पहरूले रोके पेट्रोल बिक्री
    images
    images

    काठमाडौं । सोमवार देशभरका सडकमा सवारीसाधन चलाइरहेका यात्रुहरू इन्धन सकिएपछि भर्न पेट्रोल पम्प छिर्दा तेल हाल्न पाएनन् । देशभरका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो । नेपाल आयल निगमले नियमित रूपमा आपूर्ति गरिरहेकोमा किन पम्पहरूमा पेट्रोल सकियो त ?

    images
    images
    images

    यसको खास कारण अर्कै छ । आइतबार साँझ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गर्‍यो । निगमले डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो ।

    images
    images
    images

    तर, काठमाडौं उपत्यकाकासहित देशैभरका पम्पहरूले आफूहरूलाई ‘जानकारी नै नदिई’ एक्कासी मूल्य घटाएको भन्दै निगमलाई दबाब दिन पेट्रोल बिक्री रोकेका हुन् ।  

    images
    images
    images

    काठमाडौं उपत्यका, नवलपरासी, मकवानपुरलगायत जिल्लाका करिब एक दर्जन पेट्रोल पम्पहरूसँग कुरा गर्दा एकैपटक प्रतिलिटर ११ रूपैयाँले पेट्रोलको भाउ घटाइएकाले विक्रेताहरूबीचको अनौपचारिक सहमतिअनुरूप बिक्री रोकेको बताएका छन् । (अनलाइनखबरबाट)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्धन
  • # पम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।