Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा घट्यो

इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा घट्यो

images
  • इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा घट्यो
    images
    images

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको फ्युल सरचार्ज घटाएको छ ।  प्राधिकरणको हवाई यातायात विभागले जारी गरेको सूचना अनुसार, नयाँ दर शुक्रबारदेखि लागू भएको छ ।

    images
    images
    images

    नेपाल आयल निगमले आन्तरिक तर्फको हवाई इन्धनको साविकको बिक्री मूल्यमा प्रति लिटर ६ रुपैयाँ घटाउने निर्णय गरेको छ । यसअघि प्रति लिटर १३४ रुपैयाँ रहेको इन्धनको मूल्य अहिले घटेर १२८ रुपैयाँ कायम भएको थियो ।

    images
    images
    images

    प्राधिकरणका अनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटको भाडा २१० ले घटेको छ भने काठमाडौं–भद्रपुरको भाडा १८० रुपैयाँले, काठमाडौं- पोखराको भाडा ९५ रुपैयाँले, काठमाडौँ- विराटनगरको १४० रुपैयाँले घटेको छ । त्यस्तै भैरहवा, जनकपुर, सिमरा, विराटनगर, नेपालगन्ज लगायत विमानस्थलबाट हुने आन्तरिक उडानका भाडा घटाइएको प्राधिकरणले जनाएको छ ।

    images
    images
    images
    fuel1767362939.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्धन
  • # आन्तरिक उडान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।