Logo

२०८३, श्रावण ३०गते


images
images

मूल्यवृद्धि

इन्धनको मूल्यवृद्धि फिर्ता गर्न दुर्गा प्रसाईं ले दिए एक साताको अल्टिमेटम, आन्दोलन गर्ने चेतावनी

इन्धनको मूल्यवृद्धि फिर्ता गर्न दुर्गा प्रसाईं ले दिए एक साताको अल्टिमेटम, आन्दोलन गर्ने चेतावनी

images
  • इन्धनको मूल्यवृद्धि फिर्ता गर्न दुर्गा प्रसाईं ले दिए एक साताको अल्टिमेटम, आन्दोलन गर्ने चेतावनी
    images
    images

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले इन्धनको मूल्य फिर्ता लिन माग गरेका छन् ।

    images
    images
    images

    शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाअभियानका संयोजक दुर्गा प्रसाईंले एक हप्ताको अल्टिमेटम दिदै सो समय भित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन थाल्ने चेतावनी दिएका हुन् । 

    images
    images
    images

    उनले महाअभियानको विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन हुने बताउदै सरकारको गलत कदमको विरोध गर्न विद्यार्थी संगठन आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images

    प्रसाईल विगतमा दुई रुपैयाँ मूल्यवृद्धि हुँदासमेत आन्दोलन भएको उल्लेख गर्दै अहिले सय रुपैयाँ बढ्दासमेत कुनै विद्यार्थी संगठन नबोलेको बताए ।

    उनले सरकारले तत्काल इन्धनको मुल्यबृद्धि फिर्ता लिनुपर्ने बताउदै चुपचाप घन्टीमा छाप हाल्ने जनताका दुखका दिन शुरु भएको जिकिर गरे ।

    प्रसाईले दुई तिहाइ नजिक रहेको सरकारले संबिधान संशोधन गर्न लागेको प्रति खुशी व्यक्त गर्दै आफुहरुका माग हिन्दु अधिराज्य र राजसंस्थाको बारेमा पनि निर्णय लिन सरकारलाई आग्रह गरे । उनले बहुमत रहेकाले सरकारले राजसंस्था फिर्ता ल्याए आफुले सहयोग गर्ने समेत स्पष्ट गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्धन
  • # मूल्यवृद्धि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।