Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल संवत् नेवारहरुको मात्रै नभई सबै नेपालीको हो : प्रधानमन्त्री

नेपाल संवत् नेवारहरुको मात्रै नभई सबै नेपालीको हो : प्रधानमन्त्री

images
  • नेपाल संवत् नेवारहरुको मात्रै नभई सबै नेपालीको हो : प्रधानमन्त्री
    images
    images

    भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् नेवारहरुको मात्रै संवत् नभएर नेपाल र सबै नेपालीको मौलिक संवत् हो भनेका छन् । शंखधर साख्वाः प्रतिष्यठानले आज मध्यपुरथिमिस्थित शंखधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा मध्यपुरथिमिको मौलिक नाम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल संवत् भनेको नेवारहरुको मात्रै संवत् हो भन्ने भ्रम रहेछ, यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो, सबै जातजातीको साझा संवत् हो, सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले यो संवत्प्रति नेपालीले गर्व गर्नुपर्छ ।” 

    images
    images
    images

    नेपाल संवतलाई स्थापित गर्न नेवार बुद्धिजीविहरुको मुख्य भूमिका रहेको चर्चा गर्दै उनले नेपाल संवतलाई राष्ट्रिय संवत् बनाउन पनि उनीहरुले सङ्घर्ष गरेको बताए । उनले नेपाल संवत् सामाजिक न्यायमा आधारित संवत् रहेको चर्चा समेत गरे ।

    images
    images
    images

    शंखधर साख्वाःको प्रेरणाबाट आफूले धेरै निर्णय लिएको स्मरण गर्दै प्रधामन्त्री प्रचण्डले भने, “गणतन्त्र स्थापना भएपछि मेरो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको हो, त्यतिबेला नेपालका गरिब किसानको ऋण मोचन गर्न ३० हजारसम्म ऋण लिएका सम्पूर्ण किसानको ऋण मिनाहा गर्ने निर्णय गरेँ, त्यो निर्णय शंखधर साख्वाःबाट प्रेरणा लिएर गरेको निर्णय हो ।”

    उनले हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विक्रम संवतसँगै नेपाल संवत् पनि उल्लेख गर्नुपर्ने निर्णय गरेको बताउँदै अब प्रत्येक कागजी प्रक्रिया एवं ठाउँमा यो संवत् कार्यान्वयनमा आउने बताए ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किरातीले आर्थिक सम्बृद्धि र गरिबीको अन्त्य गर्ने नेतृत्व पुष्पकमल दाहाल नेतृत्व सरकारले गर्नुपर्छ भन्दै आजको शंखधर प्रचण्ड बन्नुपर्ने बताए ।

    शंखधर साख्वा समाजवादी सांस्कृतिक नायक भएको चर्चा गर्दै मन्त्री किरातीले भने, “धनी र गरिब हुनुहुँदैन सबै समान हुनुपर्छ, ऋणी र साहु हुनु हुँदैन भन्ने मान्यता राख्दै गरिबको ऋण मोचन गर्ने शंखधर साख्वा वर्गीय र जातीय मुक्तिका पक्षपातीसमेत रहेकाले अब प्रचण्ड नेतृत्व सरकारले आर्थिक सम्बृद्धि र गरिबी अन्त्य गर्दै आजको शंखधर प्रचण्ड बन्नुपर्छ ।” उनले संस्कृति, पर्यटन मन्त्रालयले शंखधरको नाममा पुरस्कार स्थापना गर्ने घोषणा गरे ।

    कार्यक्रममा बागमती प्रदेशका पशुपक्षी मन्त्री डा.राजेन्द्रमान श्रेष्ठले नेपाल संवतलाई व्यावहारिक रुपमा सरकारी कामकाजमा लागू गर्ने सङ्घीय सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै बागमती प्रदेश सरकारले पनि नेपाल र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा लागू गर्ने निर्णय गरेको बताए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपाल संवत् नेपालको आफ्नो मौलिक संवत् भएको भन्दै आफ्नो पार्टीले पनि यसलाई कार्यान्वयनमा ल्याउने बताए । इतिहासको संरक्षणमा जोड दिँदै उनले भने, “जसलाई देख्यो उसैको नाममा चोक, पार्क, गल्ली सडकको नामकरण गर्ने प्रचलन बढेको छ, यसले हाम्रो इतिहास मेटिन्छ, त्यसैले इतिहासलाई जीवन्त राख्न, जथाभावी नामकरण गर्ने बेतिथिको अन्त्य गर्न मौीलक नाम र इतिहासलाई जोगाउनुपर्छ ।”

    कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दावेले नेपालको मौलिक पहिचान खोज्नु र स्थापित गर्नु जरुरी रहेको बताए । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिले चार सय ५० वटा मौलिक नाम, ठाउँ पहिचान गरेको बताउँदै त्यस्ता मौलिक नामलाई टोलटोलमा स्थापित गर्ने बताए । 

    प्रतिष्ठानका पूर्व अध्यक्ष श्यामकृष्ण मानन्धरले साख्वाःको योगदानलाई नेपालभरिनै प्रचार गर्ने अभियान सुरु भएको बताए । उनले शंखधरको प्रतिमालाई देश विदेशमा स्थापना गर्ने अभियान सञ्चालन भएको भन्दै नेपालका २२ ठाउँमा र अमेरिकाको बाल्टिमोडमासमेत साख्वाःको प्रतिमा स्थापना गरेको बताए ।

    प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले ११४३ वर्ष अगाडि शंखधर साख्वाःले चलाएको नेपाल संवत् हटाइ राणाहरुले भारतको विक्रम संवत् लागू गरेको चर्चा गर्दै नेपाल संवत् ११०० मा सुरु भएको भिन्तुना आन्दोलनबाट आजसम्म आइपुग्दा ठूलो उपलब्धि हासिल भएको बताए ।

    कार्यक्रममा प्रधानमन्त्रीले प्रचण्डले मध्यपुरथिमिका मौलिक नामहरु समेटिएको शिलापत्र अनावरण र शंखधर बुलेटिन विमोचन गरेका थिए । त्यसअवसरमा नेपाल समाचारपत्रका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ र नेपाल संवतको एप्स निर्माण गर्ने सौनक रञ्जीतकारलाई सम्मान गरिएको थियो ।

    त्यसैगरी शंखधर पदकसहित सङ्गीतकार रामकृष्ण दुवाल, अभियन्ता गणेश सायमी र नारायण किलम्बुलाई सम्मान गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।