Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचारको अर्कों फाईल खुल्दै !

सम्पादकहरुसँग प्रधानमन्त्रीले भने, 'गिरीबन्धु जग्गा प्रकरणको पनि अनुसन्धान हुन्छ'

सम्पादकहरुसँग प्रधानमन्त्रीले भने, 'गिरीबन्धु जग्गा प्रकरणको पनि अनुसन्धान हुन्छ'

images
  • सम्पादकहरुसँग प्रधानमन्त्रीले भने, 'गिरीबन्धु जग्गा प्रकरणको पनि अनुसन्धान हुन्छ'
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् ।

    images
    images
    images

    सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् ।

    images
    images
    images

    केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो ।

    images
    images
    images

    टी इस्टेट्सको जग्गा बहुमुल्य जग्गा बेच्नका लागि कानुन संशोधन गरेको आरोप लाग्दै आएको छ ।

    सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएको उनले बताए ।  भ्रष्टाचार र सुशासनलाई प्राथमिकता दिने क्रममा नक्कली शरणार्थी र ललिता निवास प्रकरण बाटोमा भेटिएका र त्यसमा सरकारले काम गरिरहेको प्रचण्डले दाबी गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।