Logo

२०८३, श्रावण ३०गते


images
images

औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता छः प्रधानमन्त्री

औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता छः प्रधानमन्त्री

images
  • औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता छः प्रधानमन्त्री
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका छन् । 

    images
    images
    images

    आइतबार काठमाडौँमा आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि र उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने प्रतिबद्धता जनाए । 

    images
    images
    images

    प्रचण्डले कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक रहेको पनि बताए । उनले तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावार, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरूमा स्वदेशी तथा वैदेशिक लगानी बिस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । 

    images
    images
    images

    उनले विदेशी लगानीमैत्री वातावरण बनाउन केही कठोर कदम चाल्नुपर्ने आवश्यकता महसुस गरेको उल्लेख गरे ।

    नेपाल सरकारले कृषि क्षेत्रलाई दिएको प्राथमिकता र बनाएको नीति तथा कार्यक्रम अनुसार नयाँ उद्यमीहरूको उत्पादन, सो उद्यमशीलताको विकास तथा बिस्तार गर्दै रोजगारी वा स्वरोजगार बढाउने, कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास र बिस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नु आजको मुख्य आवश्यकता हो’, प्रचण्डले भने, ‘यस दिशातर्फ बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आवश्यक अध्ययन गरेको प्रतिवेदन मैले पाएको छु, उक्त अध्ययनले औँल्याएका सुझावहरू कार्यान्वयनमा नेपाल सरकार आवश्यक पहल कदमी लिन, सहयोग गर्न प्रतिवद्ध रहेको छ ।’

    प्रचण्डले सरकार आगामी आर्थिक वर्षको बजेटका लागि नीति, कार्यक्रमको अन्तिम तयारीमा रहेको बताए । उनले आगामी वर्षको बजेटमार्फत उत्पादन र रोजगारी वृद्धि गर्ने बताए । उनले तत्काल देखा परेका संकटलाई समाधानका लागि चाल्नुपर्ने कदम, मध्यकालीन, र दीर्घकालीन रूपमा चाल्नुपर्ने नीति, कार्य योजनाका बारेमा निजी क्षेत्रसँग छलफल भइरहेको बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।