राजेश पराजुली, पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी जनहित विपरीत हुनै सबै कृयाकलापका विरूद्ध रहेको बताएका छन् ।
शनिबार समाजवादी प्रेस संगठन कास्कीले अायाेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बाल्दै उनलेे यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले सरकारलाई बेथिति र विसंगति अन्त्यकालागि पटक पटक ध्यानकर्षण गराइएकाे स्मरण गरे । उनले देशमा पछिल्लो समय अराजकतालाई समयमै अन्त्य गरिनुपर्ने बताए । देशकाे अार्थिक अवस्था सुधारका लागि ठाेस कदम चल्न उनले अाग्रह गरे ।
उत्पादन वृद्धि गर्ने र युवालाई स्वदेशमा नै रहने वातावरण निर्माण गरिनुपर्नेमा उनले जाेेड दिए । त्यसकालागि सुशासन र सम्वृद्भिमा ध्यान दिनुपर्ने उनकाे भनाइ छ ।
केन्द्रीय, प्रदेश र स्थानीय तहले अाफ्नाे विकास प्राथमिकता ताेकेर त्यही अनुरुप काम गर्नुपर्ने उनले बताए । देशकाे पछिल्लो अवस्था देेखेर युवामा छाएको नैरास्यतालाई हटाउने उपाए यही हुने उनकाे धारणा छ ।
अध्यक्ष नेपालले “जनताकाे छाेराछाेरी राष्ट्रपति हुँदा देखि सहेका छैनन्” भन्दै राजावादीहरू प्रति कटाक्ष गरे । पूर्वराजा राजालाई उद्योग खाेलेर जनतालाई राेजगारी दिन उनले सुझाव दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology