Logo

२०८३, श्रावण ३०गते


images
images

एकिकृत समाजवादी रुपन्देहीले बुझायो ज्ञापनपत्र

एकिकृत समाजवादी रुपन्देहीले बुझायो ज्ञापनपत्र

images
  • एकिकृत समाजवादी रुपन्देहीले बुझायो ज्ञापनपत्र
    images
    images
     
    बुटवल । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले शुक्रबार केन्द्रीय कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीका रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे मार्फत ज्ञापनपत्र बुझाएको हो ।
     
    ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा जिल्लाका विभिन्न सरोकारवालाहरुबाट प्राप्त सुझाव समेटेर ज्ञापनपत्र बुझाइएको अध्यक्ष शाहले बताए ।  जिल्लाको बस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जवाफदेहीता लगायतका पक्षहरू समेटेर समाजवादीले ज्ञापनपत्र बुझाएकोे हो । ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले मागहरु राष्ट्रका लागि राम्रो दस्तावेज भएको बताउँदै मागहरुलाई प्रधानमन्त्री कार्यालय समक्ष पु¥याउने प्रतिबद्धता जनाए ।

    उक्त अवसरमा पार्टीका उपाध्यक्ष अविराम विकले आन्दोलनका बारेमा जानकारी गराएका थिए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा केन्द्रीय सदस्य उमा काफ्ले, प्रदेश सदस्यहरु ऋषिराम पाण्डे, कमल भण्डारी, लक्ष्मी पाण्डे, रमाकान्त यादव, उपसचिवहरु रामबहादुर बस्नेत, बाबुराम अर्याल, शारदा पहारी, आशा चौधरी लगायतको उपस्थिती रहेको थियो ।  
     
    केन्द्रीय कमिटीका तर्फबाट पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोलिले बैशाख १७ गते प्रधामनन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै पुगेर ज्ञापनपत्र बुझाएको थियो।
     
    त्यसैगरी पालिका र वडा पालिका कमिटीले बैशाख २२ गते ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकिकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।