Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

एकिकृत समाजवादी रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा हिराध्वज शाह निर्वाचित

एकिकृत समाजवादी रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा हिराध्वज शाह निर्वाचित

images
  • एकिकृत समाजवादी रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा हिराध्वज शाह निर्वाचित
    images
    images

    बुटवल । नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । आईतबार सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    images
    images
    images

    लामो राजनीतिको अनुभव सगालेका शाहले आफूले नेकपा एकिकृत समाजवादीलाई रुपन्देहीमा सशक्त पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले सबै पक्षलाई मिलाएर पार्टी गतिविधिलाई अगाडि बढाउने समेत उनले बताए ।

    images
    images
    images

    अधिवेशनले उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंक प्रसाद पोख्रेल निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले बताए ।

    images
    images
    images

    यसैगरी उप–सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी चयन भएका छन् । विधानले तोके अनुसारको समावेशि सदस्यहरु सहित ६७ सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।

    निर्वाचितहरुलाई निर्वाचन मण्डलको उपस्थितीमा प्रमणपत्र प्रदान गरिएको छ । पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले अध्यक्षतामा गठन गरिएको अध्यक्ष मण्डलमा पोलिटब्यूरो सदस्य अब्दुल हुसेन खाँन, केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, भगवती घिमिरे, उमा काफ्ले, लक्ष्मी भुसाल, बाबुलाल यादव रहेका थिए ।

    शनिबार उद्घाटन गरिएको अधिवेशनको आईतबार बन्दसत्र भएको थियो । अधिवेशनको शनिबार नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले उद्घाटन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकिकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।