काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डाक्टर बाबुराम भट्टराईले हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।
हिन्दू विरोधी अभिव्यक्ति राखेको भन्दै उनले नेता भट्टराईलाई ‘उरन्ठेउलो’ को संज्ञा दिँदै यस्तो बुद्धिले कहीँ नपुगिने टिप्पणी गरेका हुन्।
पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता भट्टराईले विश्वास खतरनाक हुन्छ भन्दै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाएको तस्वीर शेयर गरेका थिए।
भारतमा रहेका आफ्ना सहपाठीले पठाएको भन्दै उनले दूध चढाइरहेको तस्वीरमाथि ‘विश्वास खतरनाक चिज हो, यसले दुध फाल्ने र पिसाब पिउने बनाउँछ’ भन्दै उक्त तस्वीर शेयर गरेका थिए।
भट्टराईको सो अभिव्यक्तिप्रति अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ। भट्टराईको अभिव्यक्ति हिन्दु धर्मावलम्बीको आस्थाविरुद्ध भएको उनीहरूको टिप्पणी छ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology