Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस आधिकारिकता

गगन थापालाई बाबुराम भट्टराईको शुभकामना : अन्य दलमा पनि सकारात्मक प्रभाव परोस्

गगन थापालाई बाबुराम भट्टराईको शुभकामना : अन्य दलमा पनि सकारात्मक प्रभाव परोस्

images
  • गगन थापालाई बाबुराम भट्टराईको शुभकामना : अन्य दलमा पनि सकारात्मक प्रभाव परोस्
    images
    images

    काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई शुभकामना दिदै कांग्रेसको यो विधिसम्मत नेतृत्व पुस्तान्तरणले अरू दलहरूमा पनि सकारात्मक प्रभाव पार्नुपर्ने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    निर्वाचन आयोगले थापा नेतृत्वको काँग्रेसलाई आधिकारिक मान्यता दिएपछि टिप्पणी गर्दै डा. भट्टराईले दलहरूको नेतृत्व मात्र हैन विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली, आचरण समेतको पुनर्संरचना र रूपान्तरण समयको माग हो भन्ने सबै नयाँ पुराना पार्टीहरुले आत्मसात गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    उनले भने 'निर्वाचन आयोगको यो निर्णय संगै नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा सफलताको शुभकामना ! देशको उदारवादी लोकतान्त्रिक धारको पुरानो पार्टी कांग्रेसको यो विधिसम्मत नेतृत्व पुस्तान्तरणले अरू दलहरूमा पनि सकारात्मक प्रभाव पारोस् । बहुदलीय लोकतन्त्र भनेको दलहरू वीच प्रतिस्पर्धा र सहकार्य दुवैको उचित समन्वय हो भन्ने सबैमा हेक्का रहोस् । साथै दलहरूको नेतृत्व मात्र हैन  विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली, आचरण समेतको पुनर्संरचना र रूपान्तरण समयको माग हो भन्ने सबै  नयाँ पुराना पार्टीहरुले आत्मसात गरून् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. बाबुराम भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।