Logo

२०८३, श्रावण ३०गते


images
images

रबि-बाबुराम भेट

रबि लामिछानेलाई हिरासतमा पत्रपत्रिका पढ्न पनि दिइएन : डा. भट्टराई

रबि लामिछानेलाई हिरासतमा पत्रपत्रिका पढ्न पनि दिइएन : डा. भट्टराई

images
  • रबि लामिछानेलाई हिरासतमा पत्रपत्रिका पढ्न पनि दिइएन : डा. भट्टराई
    images
    images

    भैरहवा । नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलाई भेट गरेका छन् । लुम्बिनी प्रदेश स्तरीय दुई दिने बिस्तारित बैठकमा भाग लिन जाने क्रममा डा. भट्टराईले आज भैरहवा कारागार पुगेर लामिछानेलाई भेट गरेका हुन् । भेटपछि डा. भट्टराईले कारागार बाहिर बसेर मुद्धा लड्न पाउनु पर्ने व्यवस्था गर्नुपर्ने बताए ।

    images
    images
    images

    उनले भने ‘कोहि मान्छे भाग्छकी भनेर न्यायिक हिरासतमा राख्ने हो । तर जनताको प्रतिनिधिको रुपमा रहेको मान्छे भागेर पनि सुख पाउँदैन । जमानतमा बाहिर रहेर मुद्धा फेस गर्ने व्यवस्था गर्नुपर्छ भन्ने हो ।'

    images
    images
    images

    डा. भट्टराईले मुद्धाको कुरा अदालतले आफ्नो निर्णय गर्ने बताउदै आफु मानवीय हिसाबले र वैकल्पिक शक्तिको हिसाबले भेट्न आएको बताए । उनले सांसद वा जनप्रतिनिधिलाई थुनामा राख्न नहुने बताउदै कि त पद खारेज गर्नुपर्छ कि जमानतमा बाहिर बसेर मुद्धा लड्न दिनुपर्ने बताए । डा. भट्टराईले लामिछानेलाई पत्रपत्रिका पढ्न नदिएको आफुले थाहा पाएको र उनलाई एक्लै राखेको बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. बाबुराम भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।