Logo

२०८३, श्रावण ३०गते


images
images

बुढीगण्डकीबारे बाबुरामको टिप्पणी

बुढीगण्डकी आयोजनाबारे बाबुरामको टिप्पणी : प्रचण्डले तलवार चलाए, ओलीले घाँटी छिनाले !

बुढीगण्डकी आयोजनाबारे बाबुरामको टिप्पणी : प्रचण्डले तलवार चलाए, ओलीले घाँटी छिनाले !

images
  • बुढीगण्डकी आयोजनाबारे बाबुरामको टिप्पणी :  प्रचण्डले तलवार चलाए, ओलीले घाँटी छिनाले !
    images
    images

    काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    डा. भट्टराईले बजेटमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना बारे गरिएको व्यवस्थाप्रति टिप्पणी गर्दै २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरवार चलाएर घाँटी रेट्न शुरू गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२/०८३ को  बजेट-बक्तव्य (बुँदा २२४) मार्फत कथित 'सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ' भनेर पूरै घाँटी छिनालेको बताएका हुन् ।

    images
    images
    images

    उनले यो सरासर वदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको भर्त्सना र विरोध गरेका छन् ।

    images
    images
    images

    डा. भट्टराईले भविष्यको उज्ज्वल सपनाको खातिर आफ्नो पुस्तौंदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर आयोजना कार्यान्वयनकालागि पूर्ण सहयोग गर्दै आएका गोरखा र धादिंगको प्रभावित क्षेत्रका जनताप्रति समेत राज्यले गद्दारी गरेको आरोप लगाए  ।

    उनले 'राष्ट्रिय विश्वासघात र अपराधपूर्ण' निर्णयको सशक्त प्रतिवाद गर्न प्रभावित क्षेत्रका नागरिकहरूसँग आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।