Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

भोट हाल्ने १६ बर्ष र उम्मेदवार बन्ने उमेर २१ बर्ष गर्न आवश्यक छ : डा. भट्टराई

भोट हाल्ने १६ बर्ष र उम्मेदवार बन्ने उमेर २१ बर्ष गर्न आवश्यक छ : डा. भट्टराई

images
  • भोट हाल्ने १६ बर्ष र उम्मेदवार बन्ने उमेर २१ बर्ष गर्न आवश्यक छ : डा. भट्टराई
    images
    images

    काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गर्न पाउने उमेर १६ बर्ष र उम्मेदवार हुन पाउने उमेर कम्तिमा २१ बर्ष गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    डा. भट्टराईले युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु उपयुक्त हुने धारणा राख्दै सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अबलम्वन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ बर्ष गर्नु राम्रो र सहज हुने र निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ बर्षबाट घटाएर १८ बर्ष वा कमसेकम २१ बर्ष गर्नु आवश्यक रहेको बताएका हुन् ।

    images
    images
    images

    उनले भनेका छन् ‘यति युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु उपयुक्त हुन्छ । त्यसनिम्ति मतदाता सूचीमा वेलैमा नाम दर्ता गर्ने काम पहिलो कदम हो । तसर्थ देश-विदेशमा रहनु भएका सबैले नियम अनुसार समयमै नाम दर्ता गर्न सबैलाई हार्दिक आग्रह गर्दछु । नत्र नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिने र युवाहरुले पछुताउनुपर्ने स्थिति आउन सक्छ । यसको साथै सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अबलम्वन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ बर्ष गर्नु राम्रो र सहज हुनेछ । त्यस अतिरिक्त निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ बर्षबाट घटाएर १८ बर्ष वा कमसेकम २१ बर्ष गर्नु आवश्यक छ । नत्र पछिल्लो आन्दोलनका अगुवा जेनजी युवाहरूलाई आसन्न निर्वाचन 'जसको विहा उसैलाई नजिक नल्या' भन्ने लोकोक्ति जस्तो हुनेछ ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. बाबुराम भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।